आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखरीबाट पानी तान्दा करेन्ट लागेर एक जनाको मृत्यु

बिहीबार, १२ फागुन २०७८, ०७ : ३३
बिहीबार, १२ फागुन २०७८

सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा गए राति करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ  । स्थानीय ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक उनलाई करेन्ट लालेको थियो । 

करेन्ट लागेर घाइते भएका उनलाई तत्कालै उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप