मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नुवाकोटमा काठमाडौं मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविर

बिहीबार, १२ फागुन २०७८, १० : ४६
बिहीबार, १२ फागुन २०७८

 नुवाकोटमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र हाम्रो मदानपुर युवा क्लब बेलकोटगढी नगरपालिका–१२ को सहकार्यमा एक दिने निःशुल्क शिविर सञ्चालन गरिएको हो ।

 भृकुटी माध्यमिक विद्यालय बेलकोटगढीमा भएको शिविरमा ११०३ जना बिरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा २२१ जनाको रक्त परीक्षण, १९८ जनाको भिडियो एक्सरे, १७७ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ३१ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४२ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।

  केएमसीले सोमबार रसुवामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर ९६३ जना बिरामीको उपचार गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप