मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कैलालीमा बन्दुकसहित तीन पक्राउ

बिहीबार, १२ फागुन २०७८, १४ : १५
बिहीबार, १२ फागुन २०७८

सशस्त्र प्रहरीले आज बन्दुकसहित तीनजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणमातहतको बिओपीबाट खटिएको गस्ती टोलीले कैलारी गाउँपालिका–५ छोटीपलियाबाट कैलारी–३ का लौटन चौधरी, सोही ठाउँका नीरेन्द्र चौधरी र सन्तराम चौधरीलाई एक थान दुईनाले बाह्रबोरको बन्दुकसहित पक्राउ गरेको  प्रहरी उपरीक्षक धनबहादुर सिंहले जानकारी दिए ।


गुडिरहेको से २ प ८९२ नं को बजाजको डिस्कोभर मोटरसाइकल रोकी जाँच गर्दा इजाजत नभएको एक थान बन्दुकसहित पाँच थान बन्दुकमा प्रयोग हुने टोटा÷कार्टिज, तीन थान मोबाइल र उक्त मोटरसाइकल बरामद गरिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप