सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

निर्मल पुर्जा नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त

बिहीबार, १२ फागुन २०७८, १५ : ५७
बिहीबार, १२ फागुन २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ । 

बिहीवार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गरेका हुन् । कार्यक्रममा पुर्जालाई नेपाललाई विश्व सामु चिनाउनका लागि महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान पनि गरिएको थियो । मन्त्री आलेले पुर्जालाई नेपालको पर्यटनका लागि सद्भावना दूत घोषणा गर्न पाउनु आफ्नो कार्यकालको सबैभन्दा खुशीको क्षण भएको बताए । उनले आरोही पुर्जाको साहसको सम्मान गर्दै आगामी दिनमा आफ्नै रेकर्डलाई ब्रेक गर्नेगरी अगाडी बढ्न शुभकामना व्यक्त गरे । 

कार्यक्रममा बोल्दै हिमाल आरोही निर्मल पुर्जाले मन्त्रालयले गरेको सम्मानले आफ्नो जिम्मेवारी थपिएको महशुस गरेको बताए । आगामी दिनमा पनि देशलाई विश्वमाझ चिनाउनका लागि आफुले योगदान गर्न चाहेको उनले उल्लेख गरे । 

पुर्जाले सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमालहरू आरोहण गरी विश्व कीर्तिमान कायम राखेका छन् । उनले बनाएको १४ पिक्स नथिङ इज इम्पोसिबल डकुमेन्ट्रीले विश्वभर चर्चा कमाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप