आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फोर्स गुर्खाको बुकिङ खुल्ला

बिहीबार, १२ फागुन २०७८, १८ : ५०
बिहीबार, १२ फागुन २०७८

फोर्सको गुर्खा जिपको बुकिङ खुल्ला भएको छ । फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेशन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रा.ली ले फोर्स गुर्खा आयात तथा विक्री खुल्ला गरेको हो । 

विशेसत अफरोड र एड्भेन्चर ट्राभल मन पराउने ग्राहकको लागि लक्षित गरी बनेको फोर्स गुर्खामा  विश्व प्रशिद्ध मर्सिडिज बेन्जको २.६ लिटर ईन्जिन, गेयरवक्स र एक्सल जडान गरिएको कम्पनीले बताएको छ ।   

फोर्स गुर्खामा पावरफुल फोर ह्विल ड्राईभ, म्यानुवल डिफ्रेन्सियल लक( अगाडी र पछाडी दुबै एक्सलमा ), ३५ डिग्री ग्रेडिएविलिटी र उच्च ग्राउन्ड क्लियरेन्स भएकोले जस्तो सुकै वाटोमा पनि उपयुक्त रहेको कम्पनीको दाबी छ । साथै वल्की डिजाईन र वोल्ड लुक्स भएको फोर्स गुर्खामा आकर्षक एल ई डि हेडल्यम्प विथ डि आर यल, टिल्ट एण्ड टेलिस्कोपिक स्टेरिङ्ग,एडभान्स ईन्फोटेन्मेन्ट सिस्टम लक्जरियस पाईलट सिट, कोयल स्पिङ्ग सस्पेन्शन जस्ता आकर्षक फिचरहरू समेत रहेका छन् ।

फोर्स गुर्खामा स्नोरकल भएकोले ७०० एम् एम् पानी भएको ठाउँमा पनि सहज रूपमा चलाउन सकिन्छ भने यस जिपमा सुरक्षालाई मध्यनजर गर्दै एयर ब्याग, ए.वि.एस्. ई.डि.वि. व्रेक र रिभर्स पार्किङ सेन्सर जस्ता फिचर्स उपलब्ध रहेको छ । 

थ्री डोर डिजाईन र ४ सिट क्षमता भएको यस जिपमा सहज ईन्ट्री र एक्जिट, पर्याप्त बुट  स्पेस र ग्याङ्गवे रहेको छ । यस जिपमा ठुलो सिङ्गल विन्डो रहेकोले आकर्षक दृश्यको अवलोकन गर्न सकिन्छ । यस जिपको सुरुवाती मूल्य रु ७८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप