सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ललितपुरको मंगल बजारबाट १२ जना जुवाडे पक्राउ

८८ हजार नगद बरामद
शुक्रबार, १३ फागुन २०७८, ०८ : ४२
शुक्रबार, १३ फागुन २०७८

ललितपुर महानगरपालिका–१२ मंगलबजार स्थित इटिचोकबाट प्रहरीले १२ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । गएराति जुवा खालबाट ८८ हजार ६६५ रुपैयाँ नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । 

जुवा खालबाट प्रहरीले कौडा बरामद गरेको छ । उनीहरुले अनलाईन मार्फत भुक्तानी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । अनलाइन मार्फत भुक्तानी गरेको बारे अनुसन्धान भइरहेको एसपी शाहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप