काँग्रेससँगको बैठक छोडेर ओली पोखरामा
शुक्रबार, १३ फागुन २०७८, १२ : ५२
एमाले अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा आएका हुन् । पोखरा विमानस्थलमा उनलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका एमालेका नेताले स्वागत गरेका छन् ।
बिहीबार नेताहरुबीच शुक्रबार काँग्रेससित नयाँ समीकरणका लागि छलफल हुने बताइएपनि उक्त छलफल छोडेर ओली पोखरा आएका हुन् । ओली आजै काठमाडौँ फर्किने छन् ।