आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सचिवमा जिते सबको मन छुने गरी काम गर्छु : नृप सुनार

शुक्रबार, १३ फागुन २०७८, १६ : ३०
शुक्रबार, १३ फागुन २०७८

नेपाली काँग्रेस कैलालीको सचिव पदका उम्मेदवार नृप सुनारले आफ्नो उम्मेदवारी पार्टीको सुदृढीकरण लागि भएको बताएका छन् । शनिबार हुने काँग्रेसको जिल्ला अधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका सुनारले आफूले जिते सबैको मन जित्ने गरी काम गर्ने बताए । 

उनले निर्वाचन पार्टीको आन्तरिक प्रतिस्पर्धा भएको भन्दै यसले कार्यकर्ता व्यवस्थापनमा ठूलो भूमिका खेल्ने बताए । ‘यो अधिवेशन पार्टीको आन्तरिक प्रतिस्पर्धा हो । यसले कार्यकर्ता व्यवस्थापन गर्छ । धेरैले काम र जिम्मेवारी पाउछन्,’ उनले भने, ‘अधिवेशनलाई जित्ने र हार्ने मात्र नभएर साथीहरूबीच राम्रो सम्बन्ध बनाउन पनि हो । मैले भनिरहेको छु सोच बदलौँ, काँग्रेस बदलिन्छ ।’ 

उनले जिल्ला अधिवेशनबाट तीन तहको निर्वाचनमा जुट्ने संकल्प गर्नुपर्ने र निर्वाचनमा काँग्रेसलाई जिताउन लाग्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप