सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘एमालेलाई बन्दी बनाउने योजना सफल हुँदैन ’

आइतबार, १५ फागुन २०७८, ०८ : २२
आइतबार, १५ फागुन २०७८

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा  एमाले पहिलो दल बन्ने दाबी गरेका छन् । बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालय शनिबार उद्घाटन गर्दै नेता उनले यसका लागि गाउँ र टोलबाटै पार्टीका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने बताए ।

उनले एमालेलाई बन्दी बनाउने योजना सफल नहुने जिकिर पनि गरे । प्रदेश सांसद एवं एमाले काठमाडौँ अध्यक्ष दीपक निरौलाले स्थानीय तहका निर्वाचनमा पार्टीलाई पहिलो बनाउन एकजुट हुन आग्रह गरे । नगरपालिकाका प्रमुख उद्धव खरेलले स्थानीय तहको वर्तमान कार्यकालमा आफूहरुले जनताका पक्षमा धेरै काम गरेको जनाए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप