बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गजल सन्ध्या पोखराको अध्यक्षमा वसन्त विनोद

आइतबार, १५ फागुन २०७८, १० : २४
आइतबार, १५ फागुन २०७८

गजल सन्ध्या पोखराको १२औँ अधिवेशनले वसन्त विनोदको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । पोखराको न्युरोडस्थित हिमालयन रिडर्स कर्नर्सको सभाहलमा फागुन १४ गते आयोजित अधिवेशनले उपाध्यक्षमा सुरज उपाध्याय, सचिवमा त्रुपक, कोषाध्यक्षमा महेश्वर बस्ताकोटी र सहसचिवमा मैया सुवेदीलाई चयन गरेको छ । यस्तै सदस्यहरूमा सिर्जना ढकाल, विष्णु सुवेदी, विकास गौतम ‘अर्चुल’ र माधव खतिवडालाई चयन गरेको छ ।

संस्थापक अध्यक्ष दीलिप दोषीको संयोजकत्वमा पूर्व अध्यक्षद्वय रुपीन्द्र प्रभावी र उदिपराज ढुङ्गाना सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत कार्यसमिति घोषणा गरेको थियो । वि.सं. २०५९ मा गजलको उत्थान ः हाम्रो अभियान भन्ने मूल नारासहित स्थापना भएको क्रियाशील सन्ध्यामा नियमित गजल वाचन गरिँदै आएको छ । 

यसैगरी उक्त कार्यक्रमा युवा सर्जक गोपाल खनालको गजल सङ्ग्रह ‘सम्झनाका लहरहरू’को पनि लोकार्पण गरिएको छ । गजल सन्ध्याकला अध्यक्ष मोहन भण्डारी तथा प्रमुख अतिथि कवि तीर्थ श्रेष्ठले सो कृतिको लोकार्पण गरेका हुन् । 

गजल सन्ध्याका उपाध्यक्ष वसन्त विनोदले स्वागत मन्तव्य राखेको कार्यक्रममा सन्ध्याका संस्थापक अध्यक्ष दीलिप दोषी, गजलकार प्रकट पँगेनी ‘शिव’, पूर्व अध्यक्षहरू दीपक समीप, रुपीन्द्र प्रभावी, मन क्षेत्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तारकेश्वर गाउँपालिका–१ दाङसिङ, नुवाकोटका स्थायी बासिन्दा खनाल पोखरामा रहेर साहित्य साधना गरिरहेका युवा सर्जक हुन् । यस कृतिमा १०१ गजल  समेटिएका छन् । उक्त कृति गजल सन्ध्या पोखराको प्रकाशन र रमण पौडेलको सहप्रकाशनमा बजारमा आएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप