बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा भारतीय स्रष्टा सम्मानित

आइतबार, १५ फागुन २०७८, ११ : ०७
आइतबार, १५ फागुन २०७८

नेपाल–भारत साहित्य महोत्सवले काव्य वाचन एवं सम्मान कार्यक्रमको आयोजना गरी भारतको केरला र दिल्लीबाट आएका साहित्यकारलाई सम्मान गरेको छ । थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा शनिबार आयोजित उक्त कार्यक्रमा केरलाबाट आएका साहित्यकारहरु डा. रतिका पञ्चारप्पोयिल कोट्टायी, डा. रम्या बालन के, दिलना के. रवि तथा भारतको दिल्लीबाट आएका कमला सिंह र दिलदार देहलवीलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समालोचक डा. रामदयाल राकेशले सम्मानपत्रसहित सम्मान गरेको जनकारी नेपाल–भारत साहित्य महोत्सवका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली दिए । उक्त कार्यक्रममा भारतीय दूतावासका प्रतिनिधि सत्येन्द्र दहियालाई पनि सम्मान गरिएको थियो । 

सो कार्यक्रममा कविहरु कमला सिंह, दिलदार देहलवी, डा. रतिका पञ्चारप्पोयिल काट्टयी, डा. रम्या बालन के, दिलना के. रवि, नरेन्द्रबहादुर श्रेष्ठ, किशोर पहाडी, प्रमोद प्रधान, प्राज्ञ बाबा बस्नेत, दिव्य गिरि, कल्पना खरेल, ज्ञान्दारी कैनी, रेखा यादव, विनोद विश्वकर्मा, कञ्चना झा, अन्शु झा, सुस्मिता  अर्याल, मुरारी सिग्देल, शिव अधिकारी, नीता श्रेष्ठ, पारु तिमिल्सिना, पुरुषोत्तम पोख्रेल, विभा दास, मौसमी तिवारी र हिना मिस्रालगायतले नेपाली, हिन्दी र अङ्ग्र्रेजीमा आआफ्नो कविता वाचन गरेका थिए । चर्चित गायकहरु रीतु कँडेल र मनमोहन थपलियाले गीत गाएका थिए ।

कार्यक्रममा नेपाल–भारत साहित्य महोत्सवका सदस्य वरिष्ठ समालोचक प्रमोद प्रधानले भारतबाट आएका पाँच जना सर्जकहरुको परिचय प्रस्तुत गरेका थिए । 
कार्यक्रममा प्रमुख अतिथि डा. रामदयाल राकेश, अध्यक्ष राधेश्याम लेकाली, भारतीय दूतावासका प्रतिनिधि सत्येन्द्र दहिया, राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त अधिवक्ता  कमला ओली, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) की केन्द्रीय उपाध्यक्ष प्राज्ञ बाबा बस्नेतलगायतले आआफ्नो मन्तव्य राखेका थिए । 

यसैगरी नेपाल–भारत साहित्य महोत्सवका उपाध्यक्ष एवं साहित्यिक पत्रकार सङ्घका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठले स्वागत मन्तव्य, नेपाल–भारत साहित्य महोत्सवकी सदस्य गीतकार अस्मिता सुमार्गीले धन्यवाद ज्ञापन र कोषाध्यक्ष एवं सखी प्रतिष्ठानकी अध्यक्ष मञ्जिला अनिलले कार्यक्रम सञ्चालन गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप