आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

आइतबार, १५ फागुन २०७८, १३ : ५९
आइतबार, १५ फागुन २०७८

कपिलवस्तुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । आइतबार जिल्लाको वाणगंगा नगरपालिका–१ बुङ्ची चोकस्थित सडकमा बा.३ ख ९८३० नम्बरको ट्रकले लु.३२ प ४८३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुद्धभूमि नगरपालिका–१ बस्ने २८ वर्षीय माधव अधिकारीको मृत्यु भएको हो ।

मोटरसाइकल चालक मृतकका बुबा ४८ वर्षीय धर्मराज अधिकारी घाइते भएका छन् । अधिकारीको सामुदायिक अस्पताल कपिलवस्तुमा उपचार भइरहेको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप