सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एशियन युथ तथा जुनियर बक्सिङमा तीन खेलाडीले प्रतिस्पर्धा गर्ने

आइतबार, १५ फागुन २०७८, १७ : ०२
आइतबार, १५ फागुन २०७८

जोर्डनको अम्मानमा आयोजना हुने एशियन युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालबाट तीन खेलाडीले भाग लिने भएका छन् ।

यही फागुन १६ देखि चैत १ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा नेपालका इन्द्र सुनार, छिरिङ वाङ्दी शेर्पा र स्वस्तिका तिरुवाले प्रतिस्पर्धा गर्ने भएका हुन । इन्द्रले पुरुष ६० केजी, छिरिङले पुरुष ५४ केजी तथा स्वस्तिकाले महिला ५२ केजीमा प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा दीपक महर्जन रहेका छन् ।
    
उक्त प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङग गहतराज, मन्त्रालयका सचिव डा दामोदर रेग्मी, बक्सिङ संघका अध्यक्ष राम अवाले लगायतले बिदाइ गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप