संसद भवनमै मन्त्रिपरिषद बैठक बस्दै
आइतबार, १५ फागुन २०७८, ०७ : ००
संसद भवन नयाँ बानेश्वरमा केहीबेर पछि मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । प्रतिनिधिसभाको आजको पहिलो बैठकपछि बैठक बस्न लागेको संस्कृति मन्त्री प्रेम आलेले जानकारी दिए ।
सो बैठकले ५ दलीय गठबन्धनले तयार गरेको एमसीसी सम्बन्धि ११ बुँदे व्याख्यात्मक घोषणा अनुमोदन गर्नेछ ।
मन्त्रिपरिषद बैठकपछि आजै बस्ने प्रतिनिधि सभाको दोश्रो बैठकले अमेरिकी सम्झौता पारित गर्ने मन्त्री आलेले जानकारी दिए ।