सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गोरखामा खुल्यो साधना लघुवित्त

सोमबार, ०४ मङ्सिर २०७४, १० : ४६
सोमबार, ०४ मङ्सिर २०७४

गोरखा –गोरखामा साधना लघुवित्त वित्तीय संस्था लिमिटेड संचालनमा आएको छ । गोरखानगरपालिका वडा नं ६ हरमटारीमा एक कार्यक्रमको बिच नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य रामजी रेग्मीले उद्घाटन गरेका थिए ।  
 श्री रेग्मीले ग्रामीण क्षेत्रमा वित्तीय पहँुच पु¥याउनका लागि वित्तीय संस्थाहरुले लक्ष्यमा रहेर काम गर्नुपर्ने बताउदै वित्तीय संस्थाको मूललक्ष्य सबै जनतालाई बैकिङ पहुँचमा पु¥याउने हुनुपर्ने बताए । 
ग्रामीण क्षेत्रको उत्पादनलाई आर्थिक विकासमा रुपान्तरण गर्नका लागि वित्तीय संस्थाको महत्वपूर्ण भूमिका ,ग्रामीण क्षेत्रमा उद्यम शिलताको विकास, पर्यटनको प्रर्बद्धनका लागि वित्तीय संस्थाले लगानीगर्नुपर्ने कुरामा समेत जोड दिए ।
 यस्तै सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले गोरखावासीहरुको क्रियशिलतामा स्थापित यस वित्तीय संस्थाले पिछडिएका वर्गहरुमा वित्तीय साक्षरता प्रदानगर्दै ब्यवसायिक सफलतामा अघि बढ्न सुझाए ।
गोरखा नगरपालिकाका उपमेयर विनाकुमारी श्रेष्ठले महिला शशक्तिकरण गर्न र पूंजीको अभावमा ब्यवसाय शुरु गर्न नसक्ने समूदायहरुलाई यस साधना लघुवित्त सहयोगी रहने विश्वास ब्यक्त गरे । 
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप