आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पर्सा काँग्रेसको जिल्ला अधिवेशन फागुन १९ गते

आइतबार, १५ फागुन २०७८, १९ : १९
आइतबार, १५ फागुन २०७८

नेपाली काँग्रेस पर्सा जिल्लाको अधिवेशन फागुन १९ गते हुने भएको छ । काँग्रेस पर्सा जिल्ला अधिवेशनबाट निर्वाचित हुने कार्यसमिति सदस्यहरुसंगको सहमतिबाट निर्वाचन कार्यतालिका हेरफेर गर्दै फागुन १९ मा निर्वाचन हुने निर्वाचन अधिकृत नरेन्द्र कुमार केसीले जानकारी दिए ।

निर्वाचन अधिकृत केसीका अनुसार फागुन १७ मा मतदाता नामावली प्रकाशित, त्यसपछि उम्मेदवारको मनोनयन पत्र दर्ता, उम्मेदवारको दावी विरोध फिर्ताको समयपछि अन्तिम नामावली तत्काल प्रकाशित गरिने छ । फागुन १९ गते बाल मन्दिर आदर्शनगरमा मतदान हुने उनले बताए । यस्तै सोही दिन मतगणना सुर गरेर परिणाम समेत घोषणा गरिने कार्यतालिका सार्वजनिक गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप