आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मतदाता अलमलमा, कसरी हाल्ने भोट ?

सोमबार, ०४ मङ्सिर २०७४, ११ : १८
सोमबार, ०४ मङ्सिर २०७४

विदुर—आगामी मङ्सिर १० गते हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्ने तरिकाबारे मतदाता अलमलमा देखिएका छन् । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा तीनवटा मतपत्र र ४ ठाउँमा मत खसाल्न पर्ने हुँदा उनीहरू अलमलमा परेका हुन् । 

विदुर नगरपालिकास्थित नुवाकोट दरबारकी स्थानीय बिन्दाराज भण्डारीले मतदान गर्ने तरिकाबारे  जानकारी नभएको बताइन् । 
‘यसपालि धेरै मतपत्र हुन्छन् भन्ने सुनेको छु, तर कसरी मत हाल्ने भन्ने थाहा छैन’, उनले भनिन् । 

उनीजस्तै नुवाकोटका अधिकांश मतदाताहरूमा कसरी मतहाल्ने भन्नेमा अन्योलता  रहेको पाइएको छ । 

 मतदाताबाट भोट हाल्ने तरिकाबारे अन्योलता रहेको बेला जिल्ला निर्वाचन कार्यालय नुवाकोटमा मतदाता शिक्षा कार्यक्रमलाई तीव्रता दिएको  जनाएको छ ।  उसले मतदातामा केही अन्योलता रहे पनि चुनावसम्मा सबै  मत हाल्ने तरिकाबारे प्रष्ट हुने बताएको छ । 

 सर्वोच्चमा परेको मुद्दाका कारण मतदाता शिक्षा कार्यक्रम सुरु गर्न केही ढिला भएको जानकारी दिँदै जिल्ला निर्वाचन कार्यालय नुवाकोटका सूचना अधिकारी टेकबहादुर ओलीले अहिले सबै मतदान केन्द्रमा  मतदाता शिक्षा कार्यक्रमलाई तीव्रता दिइएको बताए । 

उनका अनुसार नुवाकोटका सबै निर्वाचन केन्द्रमा एक एकजनालाई तालिम दिएर खटाइएको छ । ती केन्द्रहरूमा पुगेका उनीहरूले टोलटोलका विकास संस्था र महिला समूहहरूको सहयोगमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नेछन् । यस्तै विद्यालय र सामूहिक रूपमा पनि मतदानबारे सुसूचित पारिने छ । 

‘हामीले कसैको पनि मत बदर नहोस् भन्ने विशेष सावधानीका साथ कार्यक्रम  चलाइरहेका छौँ’, ओलीले रातोपाटीसँग भने– ‘नमुना मतपत्रका माध्यमबाट कसरी सही रूपमा भोट हाल्ने भन्नेमा हामीले जानकारी  गराइरहेका छौँ । मत बढर कम गराउन सक्छौँ भन्ने विश्वास लिएका छौँ ।’

असोज २५ गतेदेखिकार्यक्रम सञ्चालन गरेयता धेरै ठाउँमा मत हाल्ने तरिकाबारे मतदातालाई सिकाएको र यो क्रम जारी रहेको उनको भनाई छ । 
मतदाताले  मतदान गर्न पर्नाको कारण, मताधिकार के हो ? कसरी भोट हाल्दा बदर हुँदैन ? किन उम्मेदवार छान्ने भनेर जानकारी  मतदाता शिक्षाका क्रममा दिइन्छ । भोट बदर नहोस् र धेरै मत खसोस् भन्ने लक्ष्यसहित मतदाता शिक्षा दिइएको हो ।  

आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि तीनवटा छुट्टाछुट्टै मतपत्रको व्यवस्था गरिएको छ । 

 जसमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ हरियो रङ्गमो मतपत्र  रहेको छ । यस्तै प्रदेशसभा प्रत्यक्षतर्फ कालो र प्रतिनिधिसभा  तथा प्रदेशसभातर्फको समानुपातिकतर्फ एकै पानामा दुई खण्ड बनाएर  रातो रङ्गको मतपत्र छापिएको छ ।  

जुन मतपत्रमा मतदाताले  आफूलाई मन गरेको उम्मेदवारको चुनाव चिन्हमा छाप लगाउनुपर्ने ओलीले बताए ।  समानुपातिकको रातो पतपत्रमा माथिल्लो खण्डमा  प्रतिनिधिसभाको र तल्लो खण्डमा  प्रदेशसभाको उम्मेदवारको एक एक चुनावचिन्हमा छाप लगाउनुपर्नेछ । यस्तै    एकभन्दा बढी चिन्हमा छाप लगाएको मत बदर हुने पनि ओलीले बताए ।  

जिल्ला निर्वाचन कार्यालयका अनुसार नुवाकोटमा २ लाख ८ हजार १ सय ९१ मतदाता रहेका छन् । 
 

भिडियाेसहित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप