सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पल शाह प्रकरण : ‘होस्टाइल’देखि जाहेरीसम्म

सोमबार, १६ फागुन २०७८, १५ : ००
सोमबार, १६ फागुन २०७८

किशोरीमाथि यौनजन्य दुव्र्यवहार गरेको भन्दै पल शाहविरुद्ध अहिले तनहुँ जिल्ला प्रहरी कार्यालय र नवलपुरमा समेत दुईवटा जाहेरी दर्ता भएका छन् । तनहुँ प्रहरीले पललाई पक्राउ गरिसकेको छ । यो प्रकरणले अहिले सामाजिक सञ्जाल तरंगित बनिरहेको छ । यस घटनाका बारेमा अनेकन गशिपहरु  बनिरहेका छन्  ।

केही दिनअघि ती किशोरीलाई आफ्नै साथी दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशीलगायतका व्यक्तिहरुले उचालेर आफूविरुद्ध जाहेरी दिन लगाएको पल शाहले अडियोसहित फेसबुकमा स्टाटस लेखेका थिए ।  ती किशोरीलाई जाहेरी दर्ता गर्न लगाउने कार्यमा आफ्नै मित्रहरुको उक्साहट रहेको शाहले आरोप लगाएका थिए । तर, यस घटनाको भित्री कथा भने अर्कै पाइएको छ ।

जाहेरी दर्ता गर्ने कार्यमा पलका साथीहरु दुर्गेश, सरोज वा कृष्णको सहभागिता थिएन । दुर्गेश र सरोजले किशोरीलाई जाहेरी दिन सघाउने होइन कि बरु पलले दुई वर्षपछि बिहे गर्छन्, अहिले चुप लागेर बस भन्दै मिलापचाहिँ गराएको अडियो रेकर्ड मिडियामा आइसकेको छ ।

 यिनै प्रशंगमा हामीले जाहेरी दिने  किशोरीलाई सहयोग गर्ने अधिकारकर्मी ज्यास्मिन ओझासँग गरेको कुराकानीमा आधारित सामग्री यहाँ प्रस्तुत गरेका छौँ :

मेरो नाम ज्यास्मिन ओझा हो । म भर्खरै ‘टीन एज’ पार गरेकी किशोरी हुँ । मैले विद्यालय पढ्दादेखि नै वालअधिकारको पक्षमा वकालत गर्दै आइरहेकी छु । म अहिले बीएलएलबी अध्ययन गर्दैछु । विद्यार्थी भएका नाताले नेकपा एमालेनिकट अनेरास्ववियुकी केन्द्रीय सदस्यका रुपमा समेत कार्यरत छु । म पीडित किशोरीकी साथी हुँ । उनीभन्दा चार वर्ष जेठी भएकाले मलाई उनले ‘दिदी’ भनेर सम्वोधन गर्छिन् । एक कलाकारका रुपमा पल शाहसँग पनि मेरो कुनै दुश्मनी वा रिसईबी छैन ।

पीडित किशोरीले कसैको उक्साहटमा लागेर जाहेरी दिएकी होइनन् । उनले लामो समयसम्म किन न्यायको ढोका ढक्ढकाउन सकिनन् वा पाइनन् भन्ने कुराको म एक साक्षी छु ।

जाहेरी दर्ताका लागि काठमाडौंबाट तनहुँ पुगेकी किशोरीले परिवारका सदस्यहरुको साथ लिएकी थिइन् । उनले मलगायत दुई साथीलाई पनि सँगै तनहुँ जान आग्रह गरिन् । हामीले उनलाई तनहुँ प्रहरी कार्यालयसम्म साथ दियौं । जाहेरी दर्ता भइसकेपछि हामी दुई साथीहरु एकरात पोखरामा प्रहरीको सहयोग लिएर होटलमा बास बस्यौं भोलिपल्ट र काठमाडौं फर्कियौं । उनी आफ्नै पितासँगै मामाघरमा बास बसिन् र भोलिपल्ट घरतिर गइन् ।

दोस्रो जाहेरी दिन नवलपुर जाँदा ती किशोरीले मलाई फोन गरेर बोलाइन् । त्यहाँ पनि उनी आफ्नै परिवारका सदस्य र कानून व्यवसायीसँग गएकी थिइन् । यस कार्यका दुर्गेश, सरोज वा कृष्ण कसैको पनि भूमिका छैन । बरु तिनीहरुले पीडित पक्षलाई फोन गरेर कहिले साक्षी बस्छौँ भन्ने त कहिले के सहयोग गर्छौं भनेर अनेक आश्वासन दिने गरेका थिए । पछि उनैसँगको कुराकानीको अडियो भन्दै रहस्यमय ढंगबाट बाहिर प्रचारमा आउने गरेको छ ।

तनहुँ जिल्ला प्रहरी कार्यालयमा पुगेर पलविरुद्ध जाहेरी दिने कार्यमा किशोरीका दिदी, भिनाजु, आमा र बुबालगायतका परिवारका सदस्य संलग्न थिए । उनी नाबालिग भएका कारण जाहेरी दरखास्त आफ्ना पिताले दर्ता गराएका हुन् । नवलपुरमा पनि परिवारकै सदस्यमार्फत किशोरीले जाहेरी दिएकी हुन् । मेडिकल जाँच हुँदा किशोरीले मलाई साथमा लगेकी थिइन् ।

राति रुँदै फोन गर्थिन् 

यी किशोरीसँग मेरो दोहोरो चिनजान केही महिनाअघि मात्रै भएको हो । म उनकै उमेर समूहकी वाल अधिकारकर्मी एवं सामाजिक अभियन्ता हुँ भन्ने थाहा पाएपछि उनी मसँग नजिकिएकी हुन् । त्यसपछि हामी साथीजस्तै भयौं । उनले मसँग आफ्ना मनका कुराहरु सेयर गर्न थालिन् । राति अबेर पनि निद्रा लागेन दिदी भन्दै म्यासेज गर्थिन् । रुन्थिन् । उनको यो अवस्था देखेपछि मलाई लाग्यो, उनी गम्भीर समस्यामा छिन् र उनलाई काउन्सिलिङको खाँचो छ ।

उनी धेरैजनासँग सहयोगको याचना गर्न गएकी रहिछन् । तर, कतैबाट पनि सहयोग पाइनछिन् । जोसँग उनले आफ्ना पीडा पोखिन्, उनीहरु कि त उल्टै पैसा खाएर बिकिदिने, कि त उनलाई नै प्रयोग गर्न तत्पर देखिने । केही पत्रकारले समेत उनलाई यसैगरी धोका दिएर पलको पक्षमा काम गरेका रहेछन् । यी कुराहरु पीडितले मलाई रुँदै रुँदै सुनाइन् ।

त्यसपछि उनले मलाई बाक्लो सम्पर्क गर्न थालिन् । उनले मसँग आफ्ना सबै आन्तरिक कुराहरु सेयर गरिन् । उनी पललाई भित्रैबाट प्रेम गर्दिरहिछन् । केटाले सुरुमा उनलाई बेस्सरी माया र केयर गरेका रहेछन् । खाए नखाएको सोधिरहने, असाध्यै माया देखाउने । आफू प्रेममा पर्दा उनले आफूमाथि खेलबाड भइरहेको होला भनेर कहिल्यै महसुस नभएको मलाई सुनाइन् । उनी भन्थिन्– ‘दिदी मलाई उसको फोटो हेरिरहूँ झैँ लाग्छ । मैले उसलाई धेरै नै विश्वास गरेकी छु । मैले जे–जे गरेँ, त्यो सबै प्रेममा गरेकी थिएँ । तर, उसबाट धोका हुन्छ र ममाथि यसरी खेलवाड हुन्छ भनेर मलाई कहिल्यै महसुस भएन ।’

सम्बन्ध स्थापित भएको एक वर्ष नाघिसकेपछि भने उनलाई अचानक केटाले अलि इग्नोर गरेको झैँ लागेछ । फोन गरेर ‘तपाईंले आजकल मलाई वास्ता गर्न छोड्नुभयो, पहिलाजस्तो मलाई माया गरेको जस्तो लाग्दैन, अब हामी विवाह गर्नुपर्छ’ भनिछन् । त्यसो भन्दा केटालाई झिँझो मान्न थालेछ । उनले भनिदिएछन्, हेर हामीबीच जे भयो भयो, अब यो कुरा यहीँ छोडिदिउँ, तिमी अब आफ्नो लाइफमा मुभ गर, म मेरो जीवनमा अघि बढ्छु । तिमीलाई साथ सहयोग गर्ने कुरा छँदैछ । तर, तिमीले जे सोचिरहेकी छौ, त्यो सम्भव छैन किनकि मेरो अर्कै प्रेमिका छिन् ।

किशोरीका अनुसार उनीहरु पछिल्लो एक वर्षदेखि सम्बन्धमा रहँदा केटाले अर्की प्रेमिकाको कुरा कहिल्यै गरेका थिएनन् । त्यसपछि भने उनलाई झट्का लागेछ । उनले मलाई सुनाइन्, ‘दिदी, मैले प्रेम गरेकी हुँ । तर, शारीरिक सम्बन्ध राख्नका लागि स्वीकृति दिएकी थिइनँ । जतिपटक शारीरिक सम्बन्ध भयो, मैले सधैँ यसो नगरौँ, मलाई त डर लाग्छ’ भनेँ तर, उनले मलाई फकाए अनि फसाए ।’

गाउँमा खेती किसानी गरेर दैनिक गुजारा चलाइरहेकी आमाले पनि ‘त्यसो हो भने तैंले उसैसँग बिहे गर्नुपर्छ’ भनिन् । पीडित र पीडितको परिवारको इच्छा भनेको उनीहरुबीच प्रेम छ र शारीरिक सम्बन्ध समेत भइसकेको हो भने विवाह होस् भन्ने नै थियो । तर, केटाले विवाहको प्रस्ताव अस्वीकार गरेपछि उनी झन् तनावमा परिन् । परिवारमा पनि छोरीको अवस्थालाई लिएर तनाव थपियो ।

नेपाली समाजमा अहिले पनि कुमारीत्वलाई निकै महत्व दिइन्छ । धेरैलाई भर्जिनिटी भनेको सबै कुरा हो जस्तो लाग्छ । नाबालिग हो, उनले पनि कुमारीत्वलाई महत्त्वपूर्ण ठानेकी थिइन् । शारीरिक सम्बन्ध रहिसकेपछि मेरो त भर्जिनिटी तोडियो, अब मैले यही केटासँग जीवन बिताउनुपर्छ पर्छ भन्ने एक नारीले सोच्नु स्वाभाविकै हो । १६ वर्षदेखि आफ्नो शरीर पुरुषलाई समर्पण गरिसकेकी किशोरीले पनि यस्तो ठान्नु झनै स्वाभाविक हो । त्यही कारण उनले ‘तपाईंले मलाई बिहे गर्नुपर्छ। छाड्न पाउनुहुन्न’ भन्न थालिन् । तर, केटाले विस्तारै उनलाई वास्ता गर्न छाडे । यहीँबाट उनलाई मानसिक तनाव शुरु भयो । आत्महत्या पो गरौं कि जस्तोसम्म लाग्न थाल्यो ।

अनि आमालाई सुनाइन्

आफूलाई एकदमै गाह्रो भएपछि ‘अब मैले यो कुरा मेरो परिवारलाई भन्नुपर्छ’ भनेर काठमाडौंबाट पोखरा गइन् । शुरुमा आमालाई सबै कुरा भनिन् । ‘अब मैले उसँगै विवाह गर्नुबाहेक केही विकल्प छैन, तर उसले अन्तिममा मलाई धोका दियो’ भन्दै आमासँग रोइन् ।

गाउँमा खेती किसानी गरेर दैनिक गुजारा चलाइरहेकी आमाले पनि ‘त्यसो हो भने तैंले उसैसँग बिहे गर्नुपर्छ’ भनिन् । पीडित र पीडितको परिवारको इच्छा भनेको उनीहरुबीच प्रेम छ र शारीरिक सम्बन्ध समेत भइसकेको हो भने विवाह होस् भन्ने नै थियो । तर, केटाले विवाहको प्रस्ताव अस्वीकार गरेपछि उनी झन् तनावमा परिन् । परिवारमा पनि छोरीको अवस्थालाई लिएर तनाव थपियो ।

केटा र केटीलाई सँगै राखेर लिइएको त्यो अन्तरवार्ता राति युट्युवमा अपलोड भयो । तर, त्यो अन्तरवार्ता लिने पत्रकार को हुन् भन्ने अहिले फ्रन्टमा देखिएका छैनन् । चर्चित मिडियाका पत्रकारमार्फत् केटासँगको साँठगाँठमा युट्युव वार्ताको नियोजित तारतम्य कसरी मिलाइयो ? तिनै पत्रकारले बताउँलान् ।

परिवारजनसँगको छलफलमा यो केसलाई सल्ट्याऔँ, थामथुम गरौँ’ भन्ने ‘सिचुएसन ह्यान्डल’ गर्नका लागि केटाले ‘म दुई वर्षपछि विवाह गर्छु’ भनेको रहेछ । उनीहरुबीच विवाह गर्ने भनेर त्यस्तो केही पनि सहमतिको कागज भएको थिएन तर मौखिक रुपमा सबैले सुन्ने गरी अडियो रेकर्ड भने गरिएको रहेछ ।

केटाले यो अडियो मेरो होइन, यसलाई दुर्गेश, सरोज लगायतका केटाहरुले एडिट गरेर बनाए भनेका छन्, तर त्यो अडियोबारे उनको परिवारसँग बुझ्दा त्यसदिन पीडितको परिवार पनि छलफलमा बस्नुभएको रहेछ । परिवारलगायत केटाका तर्फबाट आएका दुर्गेश थापा, सरोज वलीलगायतका व्यक्तिहरु बस्नुभएको थियो, उहाँहरु सबैले मोबाइलमा अडियो रेकर्डिङ गरौँ, किनकि दुई वर्षपछि यो आवाज फेरिन सक्छ भनेर त्यो अडियो रेकर्ड गरिएको रहेछ ।

शुरुमा पीडितका आमाबुवालाई किशोरीको अडियो मिडियामा सार्वजनिक नभएको भए पीडकले विवाह गर्ने पो थियो कि भन्ने सुरुमा लागेको रहेछ । पछि त्यो भ्रम तोडियो र जाहेरी दर्खास्त दिने स्थितिसम्म उनीहरु पुगे ।

हरेक प्रेमी प्रेमिकाबीच सम्बन्ध हुन्छ, हामीबीच पनि भयो होला । त्यो कुरा सामान्य हो, यसलाई धेरै ठूलो कुरा बनाउनुपर्दैन, फेरि विवाह नै गर्नुपर्छ भन्ने पनि छैन नि । ऊ प्रेग्नेन्ट भएको भए पो मैले विवाह गर्नुपर्ने हुन्थ्यो’ केटाले अडियोमा यस्तै–यस्तै कुराहरु बोलेका छन् । यसबाट प्रमाणित हुन्छ कि उनीहरुबीच शारीरिक सम्बन्ध भएकै रहेछ ।

‘तिमी करियर बनाउ, म पनि आफ्नो करियर बनाउँदै गर्छु,  तिमी अहिले बच्चै छ्यौ, करियर बनेपछि तिम्रो पनि उमेर पुग्छ, अनि विवाह गरौँला’ भनेर केटाले भनेको अडियोमा सुनिन्छ । उनी धेरै कानुनी प्रक्रिया बुझेर अघि बढेको देखिन्छ ।

दुई वर्षमा मेरो उमेर पुगेपछि उनले मसँग बिहे गर्लान् भनेर केही समय शान्त बनेको किशोरीको मन त्यसपछि पोल्न थाल्यो, जब उनले फेरि बेवास्ता गर्न र आ–आफ्नो बाटो लागौं भन्न थाले । उनले आफ्नो पीडा कोसित पोख्ने ? दुर्गेस सरोजहरुले पलकै पक्षमा काम गरिरहेका थिए । केही पत्रकारलाई सुनाउँथिन्, उनीहरु पनि पलकै पक्षमा थिए । यसपछि उनी झन् ठूलो तनावमा पर्न थालिन् । पहिले फकाउनेहरुले धम्क्याउन थाले । काठमाडौंको डेरामा उनलाई असुरक्षित महसुस हुन थाल्यो । र, उनी डेरा सरेर दिदी भिनाजुसँग बस्न थालिन् ।    

अडियो सार्वजनिक भएपछि पीडितले मलाई फोन गरिन्  । उनले म तपाईंविरुद्ध मुद्दा हाल्छु भनेर रिसाइन् । शुरुमा उनी आफैं मसँग न्याय चाहियो दिदी भन्दै आइपुगेकी थिइन् । मैले पत्रकारसँग भेट गराएपछि उनी पुनः सुटुक्कै अन्तरवार्ता दिन केटा पक्षकै पत्रकारहरुको बगलमा पुगिन् ।  

पत्रकारको कब्जामा परेपछि रातभरि होस्टाइल !

मसँग किशोरीले आँशु झार्दै आफ्नो पीडा सुनाएपछि मैले तिमी अब के चाहन्छौ त भनेर सोधेँ । उनले आफ्नो वास्तविकता मिडियामार्फत समाजलाई सुनाउन र न्याय माग्न चाहन्छु भनिन् । उसलाई सजाय होस् भन्ने चाहन्छु भनिन् । त्यसपछि मैले सीमित पत्रकारलाई उनीसँग भेट गराएँ । 

पीडित किशोरीले मिडियासमक्ष आफ्नो कुरा राख्नै लागेको थाहा पाएपछि केटाको पक्षमा काम गरिरहेका केही व्यक्तिले अर्को षड्यन्त्र रचे । उनीहरुले मसितको उनको सम्बन्धसमेत टुटाउने प्रयास गर्दै भनेछन्, ‘तिमीले भेट गरेकी त्यो केटी ठीक छैन, त्यसले केस हाल्न लगाउली, पलविरुद्ध केस हाल्यौ भने तिम्रो करियर बर्बाद हुन्छ, यसरी करियर बिगार्नेको पछि नलाग भन्दै उनलाई उचाल्ने काम गरे ।

पीडित किशोरी मिडियामा जान लागेको थाहा पाएपछि केटाको पक्षमा खटिँदै आएका दुईजना पत्रकारले उनलाई बोलाएर स्टुडियोमा लगे । एकजनाले टीभीमा अन्तरवार्ता लिए । अर्काले चाहिँ केटालाई समेत बोलाए र ‘हामी एकढिक्का छौं’ भन्दै लामो भिडियो अन्तरवार्ता लिए । चर्चित मिडियामा कार्यरत उनले  त्यो अन्तरवार्ता आफ्नो मिडियामा प्रकाशितै नगरी रातारात युट्युवमा हालिदिए, जुन पत्रकारको आचारसंहिता विपरीत कार्य थियो । यसरी ती पत्रकारले खेलेको षड्यन्त्रपूर्ण भूमिकापछि उनी फेरि एकरात ‘होस्टाइल’ भइन् ।   

केटा र केटीलाई सँगै राखेर लिइएको त्यो अन्तरवार्ता राति युट्युवमा अपलोड भयो । तर, त्यो अन्तरवार्ता लिने पत्रकार को हुन् भन्ने अहिले फ्रन्टमा देखिएका छैनन् । चर्चित मिडियाका पत्रकारमार्फत् केटासँगको साँठगाँठमा युट्युव वार्ताको नियोजित तारतम्य कसरी मिलाइयो ? तिनै पत्रकारले बताउँलान् । त्यसदिन नेपाल प्रेस अनलाइनमा पल शाहका बारेमा एउटा समाचार आएको थियो । र, त्यही कुरालाई खण्डन गर्दै पीडितलाई अर्का चर्चित मिडियाका पत्रकारले युट्युब अन्तरवार्ता लिएका थिए । तर, त्यो अन्तरवार्ता ती पत्रकारले आफ्नो मिडियामा किन प्रकाशन गरेनन्, त्यो रहस्यमय छ । त्यसरी भूमिगत ढंगबाट अन्तरवार्ता लिने पत्रकारमाथि प्रेस काउन्सिलको ध्यान जान जरुरी देखिन्छ ।

किशोरीले म कहाँ जाँदैछु, कोसँग गफ गर्दैछु र यसलाई अन्तरवार्ता दिँदैछु भनेर मलाई सबै सुनाउने गर्थिन् । तर, त्यो दिन उनले मलाई अन्तरवार्ता दिन लागेको कुरा सेयर गरिनन् ।

भोलिपल्ट किशोरी र मवीच केही दिन पहिले भएको टेलिफोन वार्ता नेपाल प्रेस अनलाइनमा प्रकाशित भयो । जुन मैले रेकर्ड गरेकी थिइनँ र मलाई थाहा छैन, त्यो कसरी त्यहाँ पुग्यो । म आफैँ पनि चकित भएँ । उहाँहरुले अडियो रेकर्ड प्राप्त भएको छ के गरौं भनेर सोध्नुभयो । ‘त्यो बहिनीले न्याय पाउनुपर्छ, उसको आवाज बाहिर आउनैपर्छ’ भनिदिएँ । यसरी पीडितको पक्षमा लाग्दा मलाई सजाय हुन्छ भने पनि म सजाय भोग्न तयार छु ।

राति ‘झगडा’ भएको भोलिपल्ट दिउँसो १२ बजे मेरो मोबाइलमा म्यासेज झर्यो । उनको आश्चर्यजनक म्यासेज थियो – ‘दिदी अब म लड्छु । प्लिज, मलाई सहयोग गर्नू ।’ उनले यस्तो भन्दा खुसी त लाग्यो । तर, फेरि डर पनि । कुनबेला होस्टाइल हुने हो के ठेगान ।

अडियो सार्वजनिक भएपछि पीडितले मलाई फोन गरिन्  । उनले म तपाईंविरुद्ध मुद्दा हाल्छु भनेर रिसाइन् । शुरुमा उनी आफैं मसँग न्याय चाहियो दिदी भन्दै आइपुगेकी थिइन् । मैले पत्रकारसँग भेट गराएपछि उनी पुनः सुटुक्कै अन्तरवार्ता दिन केटा पक्षकै पत्रकारहरुको बगलमा पुगिन् । अनि केटाको विरुद्धमा समाचार किन बाहिर ल्याएको भन्दै उल्टै मैसँग रिसाउन थालिन् । यसबाट मलाई प्रष्ट भयो, उनी ‘होस्टाइल’ भइन् ।     

उनी राति अबेरसम्म मलाई अनेक म्यासेजहरु गरिरहेकी थिइन् । रात पर्दै गएपछि उनले दिदी मलाई जताबाट पनि थ्रेट आइसक्यो, अब म बाँच्नुको विकल्प छैन भन्न थालिन् । मलाई असाध्यै तनाव भयो । उनलाई सहयोग गर्नु र न्याय दिलाउनुबाहेक मसँग अर्को कुनै स्वार्थ थिएन । कसैलाई उचाल्नु वा पछार्नु जरुरी थिएन । म कसैबाट परिचालित पनि भएकी होइन, आफ्नो आत्माले उनको आँशु पुछ्न खोजेकी थिएँ, तर मलाई उनले गाली गर्न थालिन् । यसबाट पनि म पक्का भएँ कि उनलाई मेरो खाँचो छैन, उनी पलसँगै एकाकार भइसकिन् । मनोरञ्जन बिटका पत्रकारको मध्यस्थतामा फेरि मेलमिलाप भइसक्यो ! राति अबेरसम्म उनका गनगन सुनेँ र यत्ति म्यासेज लेखेर सुतें–

‘तिमीले नै बोलिनौ भने तिमीलाई कसैले पनि सपोर्ट गर्दैनन् अब । तिमीले फाइट गर्छौ भने आइ विल स्टिल हेल्प यू । यू आर माई सिस्टर, तर आज एउटा कुरा गर्ने, भोलि अर्को कुरा गर्दा भने म सहयोग गर्न सक्दिनँ । मलाई पनि रिस्क भइसक्यो अब । तिमीले त मलाई पनि फसाइदिने रहेछौ । जे हुनु भइसक्यो, सबैले तिमीमाथि अन्याय भयो भनिरहेका छन् । अब यतिबेला पनि अब तिमी उसैसित जाने हो भने हाम्रो भन्नु केही पनि छैन । भोलि उसले छोड्यो भने न तिमीसँग कानुन हुन्छ, न हामीजस्ता व्यक्ति । लाइफमा अझै धेरै ठूला ठूला युद्धहरु लड्न बाँकी छन् । यो त सुरुवात मात्रै हो, अहिले नै तिमीले गिभअप गर्यौ भने अरु लडाईं त तिमीले कहिल्यै जित्नै सक्दैनौ  । एभ्री वान विल कन्भिन्स यु, युज यु एन्ड लिभ यु एट लास्ट । तिमी सबैको प्रयोगको पात्र बन्ने कि, हिरो भएर निस्कने, त्यो तिम्रो रोजाई हो ।’

त्यो रात अबेरसम्म हामीबीच लामै म्यासेज आदान–प्रदान भयो । उनले भनिन् ‘हेर्नु, मलाई अब जताततै रिस्क छ, उताको घरबेटीले पनि मलाई कल गरिरहेका छन्, त्यो अडियो लिक गर्नेलाई म छोड्दिनँ । अलिकति त सोच्नुपर्छ नि । म तपाईलाई र त्यो पत्रिकालाई केस हाल्छु । यु कान्ट कन्भिन्स मि ।’

उनले राति ‘म त मर्दिन्छु’ सम्म भनेकी थिइन् । त्यसैले मैले भोलिपल्ट राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापासँग उनको अवस्थाका बारेमा कुरा गरेँ । अब मचाहिँ बोल्दिनँ, उ आफैं बोल्ने भएमात्र बोल्छु, तर, तपाईंहरुले उसलाई काउन्सिलिङ गर्नुपर्यो र न्याय दिलाउनुपर्यो भनेँ ।

तनहुँ पुगेको भोलिपल्ट बिहानसम्म पनि पीडित किशोरीले मुद्दा हाल्छिन् भन्ने मलाई शंका थियो । उनको परिवारका सदस्यसहित उनलाई पनि राखेर मैले जाहेरी दिन मन छैन भने अहिले पनि टाइम छ, म टिकट काटेर काठमाडौँ फर्कन्छु भनें । तर, पीडित र पीडितको परिवार दुबै अघि बढ्ने कुरामा निश्चित भइसकेका थिए ।

टर्निङ पोइन्ट : जाहेरी दिन तनहुँ

राति ‘झगडा’ भएको भोलिपल्ट दिउँसो १२ बजे मेरो मोबाइलमा म्यासेज झर्यो । उनको आश्चर्यजनक म्यासेज थियो – ‘दिदी अब म लड्छु । प्लिज, मलाई सहयोग गर्नू ।’ उनले यस्तो भन्दा खुसी त लाग्यो । तर, फेरि डर पनि । कुनबेला होस्टाइल हुने हो के ठेगान ।

उनले आफ्नो लडाईं आफैंले सोचेर लडुन्, आफ्नो बारेमा आफैं निर्णय लिउन् भन्ने चाहन्थेँ म । म उनलाई कुनै पनि प्रकारको दबाव दिन चाहन्नथेँ । तर, सँगै युट्युवमा अन्तरवार्ता दिएका केटाले फेसबुकमा अपील लेखेछन् । त्यो देखेपछि अबचाहिँ म लड्नु नै पर्छ भनेर उनले फिल गरिछन् ।

मैले उनलाई सोधेँ, ‘अहिले पनि तिमीलाई त्यही केटासँग जान मन छ, उसैसँग विवाह गर्न मन छ ? तिमीलाई उसैसँग विवाह गर्न मन लागेको छ भने त्यसमा पनि म सहयोग गर्छु ।’ जवाफमा उनले भनिन्, ‘प्रेम त मलाई पाउन मन थियो, तर जबर्जस्ती स्वीकार्य छैन ।’

मैले अब के गर्ने त भनेर सोधेँ । उनले ‘अब म तनहुँ जान्छु केस हाल्नलाई, तर मसँग तपाईं पनि जानुपछर्’ भनिन् । ‘म तिमीसँग त जाउँला, तर बीच बाटोमा मलाई छोड्यौ भने के गर्ने ’ भनेर पनि कुरा गरेँ ।

प्लेनको टिकट पाइएन । त्यसपछि हामी मंगलबार दिउँसो १ बजेतिर मुखसुख छोपेर काठमाडौंबाट सार्वजनिक यातायातमा निस्कियौँ । सार्वजनिक यातायातबाटै तनहुँ पुग्यौँ । हामी पीडितका दिदीभिनाजुसहित पाँचजना गएका थियौँ । बाटोमा कसैले चिन्ने हो कि, कसैले केही पो भन्ने हो कि भन्ने डर थियो । किनभने, पब्लिक फेस भएकाले पीडितलाई नचिन्ने मान्छे त कमै छन् ।

उता पुग्नेबित्तिकै सीधै पुलिस स्टेशन जाऔँ भन्ने सोच थियो । मैले त्यहाँको एसपीलाई फोन गरेँ । त्यसदिन नै केस दर्ता गर्ने भनेर परिवारजन तयार थिए । तर, हामी पुग्दा धेरै रात परिसकेको थियो, त्यस दिन सम्भव भएन । नाबालिगका लागि पिताले जाहेरी दिनुपर्ने थियो । त्यसदिन हामी उनको मामाघर गएर बस्यौँ । हामी सबैको फोन स्वीच अफ गरिएको थियो । तर, मसँग जानुभएको एकजना साथीको भने मोबाइल अन थियो ।

तनहुँ पुगेको भोलिपल्ट बिहानसम्म पनि पीडित किशोरीले मुद्दा हाल्छिन् भन्ने मलाई शंका थियो । उनको परिवारका सदस्यसहित उनलाई पनि राखेर मैले जाहेरी दिन मन छैन भने अहिले पनि टाइम छ, म टिकट काटेर काठमाडौँ फर्कन्छु भनें । तर, पीडित र पीडितको परिवार दुबै अघि बढ्ने कुरामा निश्चित भइसकेका थिए । हामी त साथी मात्रै गइदिएका थियौं । अन्ततः बुधबार बिहानै प्रहरी कार्यालय जाने तरखर गर्न थाल्यौँ ।

घरबाट निस्कनुअघि उनले नजिकै मन्दिरमा गएर ढोगिन् । आजदेखि रुदिनँ भनिन् । मैले उनलाई टीका लगाइदिएँ । पोजेटिभ भाइभ्सका लागि रुद्राक्षको माला लगाइदिएँ । मामाघरबाट निस्कनेबेला दही र चिनी खाएर निस्कियौँ ।

उनको मामाघरबाट पुलिस स्टेशन जान दुई–तीन घण्टा लाग्ने रहेछ । हामीलाई रिस्क थियो । हामी त्यहाँ गएको पीडक पक्षलाई थाहा नहोस् भन्ने उनको ईच्छा थियो । एकैछिन मोबाइल खोलेको, भरर नोटिफिकेसन आयो । पोखरामा मेरा एकजना पत्रकार साथीलाई काठमाडौँका पत्रकारहरुले ‘ज्यास्मिन पोखरा आएकी हो ?’ भनेर सोधेछन् । त्यसदिन केटाको फिल्मको प्रिमियर थियो । र, उनलाई विश्वास नै थिएन कि यो केटीले यत्रो हिम्मत गरेर तनहुँसम्म पुगेर जाहेरी दिन सक्ली ।

प्रहरी चौकी जान हामी सार्वजनिक यातायात चढ्यौँ । बसमा उभिएर यात्रा गर्दा हातले माथिको टेको समातिरहेको थियो । यात्रुले पीडितको हातको ट्याटु देखेछन् । बसभित्रकी एक महिलाले ‘तपाईं फलानी हैन ?’ भनेर सोधिन् । उनले ‘होइन, मेरो नाम संगीता हो’ भनिन् र हतार हतार ट्याटु छोपिन् । त्यसपछि गाडीभरिका मानिसले हामीलाई नोटिस गर्न थाले ।

जाहेरी दिन पीडित र पीडितको परिवार आफैं गएको छ । बुवाले आफ्नी छोरीमाथि न्याय माग्दै जाहेरी दिनुभएको छ । ममी प्रहरी थानामा जानुभएको छ । अनि यसलाई अरुले उचालेको भन्न मिल्छ ?

मलाई डर लागिरहेको थियो । ती महिला कहिले उत्रिलिन् भन्ने भएको थियो । ती महिला पनि दमौलीमै उत्रिने रहिछिन् । हामी पुलिस स्टेशन अगाडि नै उत्रियौँ । त्यसपछि त तिनीहरुलाई झन् शंका भयो । हामीलाई चाहिँ डर ।

हामी जाहेरी दिन प्रहरी कार्यालयभित्र गयौँ, जाहेरी तयारी अवस्थामा थियो, उनका बुबाले बुझाउनुभयो । हामी जाहेरी दिन पुगेको कुरा पुलिस स्टेशनबाटै फ्ल्यास भएछ, एकैछिनमा मिडिया र सामाजिक सञ्जालमा भाइरल भइहाल्यो । जाहेरी दर्ताको प्रक्रियामा गएपछि म पीडितको मेडिकल गराउने ठाउँमा उनीसँगै गएँ । हामी मेडिकल गराउन जाँदा पुलिस स्टेशनभरि पत्रकारको ओइरो लागिसकेछ ।

पीडितलाई सघाउँदा ‘थ्रेट’

अहिले ज्यास्मिन ओझा भन्ने केटीले पीडित किशोरीलाई पलविरुद्ध मुद्दा हाल्न लगाएकी हुन्, त्यसलाई  यत्तिकै छाड्नुहुँदैन भन्दै कतिपयले मलाईसमेत गाली गरेको सुनें । पीडित किशोरीमाथि अझै पीडिा थप्ने गरी अनेकौं हिंसाजन्य कमेन्टहरु पढ्दा मलाई नमज्जा लागिरहेको छ ।

मैले मेरो स्वार्थका लागि उनलाई सहयोग गरेको होइन । म पनि उनीजस्तै उमेर समूहकी किशोरी हुँ । उनको आँशु देखेर मैले सघाएकी हुँ । कतिपयले यो ज्यास्मिन अधिकारकर्मी भएकाले चर्चित हुनका लागि यस्तो गरिरहेकी छे पनि भनिरहेको सुनेकी छ । तर, मलाई भाइरल हुनु पनि छैन । र, मैले कुनै प्रलोभन वा कसेको उक्साहटमा लागेर उनलाई सघाएकी पनि होइन । पलको विरुद्धमा लाग्नुपर्ने गरी उनले आजसम्म मेरो केही बिगारिदिएका पनि छैनन् । पलसँग मेरो कुनै दुश्मनी छैन । तर, जबदेखि म यो केटीसँग नजिकिएँ, मेरी ममी, भाइ र मलाई समेत यति धेरै नचिनेका नम्बरबाट फोन आउँछ कि कुरै नगरौँ । अब त मलाई धेरै रिस्क भइसक्यो ।

म टेलिग्राम पनि चलाउँछु । त्यहाँ मलाई यस्ता–यस्ता म्यासेज आए कि मैले पढ्नै सकिनँ । ‘यू लाइक सेक्स च्याट’ भनेर त्यस्तै खालका भिडियोहरु आउँछन् । मैले लगभग २० वटा जति नम्बर ब्लक गरिसकेँ । कति मेसेज पढ्न नसकेर, घिन लागेर डिलिट गरिदिएँ । केहीको भने स्क्रिन सट लिएर सम्बन्धित निकायमा पठाइसकेकी छु ।

यस्ता केसहरु बाहिर आउँदा अपराधीहरू दोषी हुँदैनन् । खासमा अपराधीलाई बहिष्कार गर्नुपर्ने हो तर समाजले महिलालाई बहिष्कार गर्छ । अहिले पनि पीडितविरुद्ध विभिन्न अन्तरवार्ताहरु दिने काम भइरहेको छ, जसले पीडितलाई थप पीडा दिने काम भइरहेको छ । यसबारे महिला अधिकारकर्मीहरु, मानवअधिकार कर्मी, प्रहरी र प्रेस काउन्सिलले ध्यान दिनुपर्छ ।

कतिपयले ‘यो केटीको करियर सिध्याइदिन्छु, त्यो किन जान्ने भएकी, त्यसलाई कसले परिचालन गरिरहेको छ ?’ समेत भनेका रहेछन् । ज्यास्मिन भन्ने केटीलाई साइड लगाए यो केस आफैं साइड लाग्छ भन्ने उनीहरुलाई भ्रम रहेछ । तर, यो केस अब मेरो वा पीडितको मात्रै होइन, सम्पूर्ण राष्ट्रको भइसकेको छ । सरकारवादी भइसकेको छ । मलाई सिध्याएर न्याय मर्दैन, मर्न हुँदैन । जे गर्ने हो, अब न्यायालयले गर्नेछ ।

जाहेरी दिन पीडित र पीडितको परिवार आफैं गएको छ । बुवाले आफ्नी छोरीमाथि न्याय माग्दै जाहेरी दिनुभएको छ । ममी प्रहरी थानामा जानुभएको छ । अनि यसलाई अरुले उचालेको भन्न मिल्छ ? त्यो सोझी केटी सोझी नै रहिरहोस् र उसले कहिल्यै केही मुख नखोलोस् भन्ने कसैको चाहना हो भने मेरो भन्नु केही छैन । तर, पीडितभित्रै अठोट पलाएका कारण नै यो केस बाहिर आएको हो, नभए आउँदैनथ्यो । सहयोग माग्दा सहयोग भयो होला ।

नारीप्रति सम्वेदनशील बनौं

हरेक अधिकारकर्मीले यस्ता पीडित किशोरीलाई सपोर्ट गर्नैपर्छ । समाजमा उनीहरुले हाँसेर बाँच्न पाउनुपर्छ । सम्मानित जीवन बाँच्न पाउनुपर्छ । यी बहिनीले किन बोल्न सकिनन् ? वा एक वर्षसम्म किन बोल्न चाहिनन् ? यसमा मैले के महसुस गरेँ भने यो समाजले महिलालाई जहिल्यै दोस्रो दर्जाको नागरिकको रुपमा हेर्छ । उनी भन्थिन्, ‘दिदी महिला बोल्यो भने त महिलालाई नै गलत देखाउँछन् भनेर पनि म बोलिनँ ।’

पुरुषले नै शोषण गरेको होस्, पुरुषले धेरै जना प्रेमिका बनाउँदा बहादुर भन्छन् । तर, महिलाले त्यस्तो गरे भने अनेक थरीका उपनामहरू दिइन्छ । तीमध्ये कति त वाचन पनि गर्न सकिँदैन ।

यस्ता केसहरु बाहिर आउँदा अपराधीहरू दोषी हुँदैनन् । खासमा अपराधीलाई बहिष्कार गर्नुपर्ने हो तर समाजले महिलालाई बहिष्कार गर्छ । अहिले पनि पीडितविरुद्ध विभिन्न अन्तरवार्ताहरु दिने काम भइरहेको छ, जसले पीडितलाई थप पीडा दिने काम भइरहेको छ । यसबारे महिला अधिकारकर्मीहरु, मानवअधिकार कर्मी, प्रहरी र प्रेस काउन्सिलले ध्यान दिनुपर्छ ।

एउटा नाबालिगमाथि, एउटी बाल प्रतिभामाथि शोषण भयो । हाम्रो यो फिल्म इन्डष्ट्रिज र समाजले बाल प्रतिभाको सुरक्षा गर्नुपर्ने हो । उनी भर्खरै इन्डिष्ट्रिमा आएकी थिइन्, इन्डिष्ट्रिमा आउने बित्तिकै सिद्धाइदिन खोज्नु हुँदैन । यो एउटा  प्रतिनिधिपात्र घटना मात्रै हो । इन्डष्ट्री भित्र यस्ता थुप्रै पात्रहरु हुन सक्छन् । भोलिका दिनमा अरु गल्ती गर्ने अरु व्यक्तिलाई पनि सजाय हुनसक्छ है भनेर सतर्क गराउनका लागि पनि यो एउटा प्रतिनिधि केस हुन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप