आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘नीतिनियम कार्यान्वय गर्ने प्रमुख निकाय कर्मचारी संयन्त्र हो’ : प्रदेश प्रमुख जोशी

सोमबार, १६ फागुन २०७८, १४ : ३७
सोमबार, १६ फागुन २०७८

सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले सरकारी सेवामा रहेका निजामती कर्मचारीले नागरिकलाई निष्पक्ष र तटस्थ रहेर सेवा दिन निर्देशन दिएका छन् । 

गृह जिल्ला भ्रमणका क्रममा सदरमुकाम मार्तडीमा कर्मचारी मिलन केन्द्रले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उनले विगतमा कर्मचारीले राजनीतिक दबाबका आधारमा जनताको सेवा प्रवाह गर्ने प्रवृत्ति भएको बताए । 

तीन दिनदेखि गृह जिल्लामा रहेका प्रदेश प्रमुख जोशीले राजनीतिक दबाबभन्दा पनि नागरिकलाई दिने कार्यालयका सेवा सहजरुपमा प्रवाह गर्नुपर्नेमा जोड दिए । 

उनले कर्मचारीको सरकारका नीति तथा कार्यक्रम कार्यान्वयमा महत्वपूर्ण भूमिका रहेको बताए । प्रदेश र संघ सरकारले बनाएका नीति तथा ऐन सहजरुपमा नागरिकसम्म पु¥याउन कर्मचारीले इमान्दारिता देखाउनुपर्नेमा प्रदेश प्रमुख जोशी जोड थियो । 

कर्मचारी संयन्त्र स्थायी भएकाले संघ, प्रदेश र स्थानीय सरकारले बनेका नीति नियम, नियमावली र ऐन, कानुनबमोजिम सञ्चालित हुने भएकाले कार्यान्वयमा गर्नुपर्ने प्रमुख जोशीले आग्रह गरे ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप