सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्र १७ गतेदेखि हुने

सोमबार, १६ फागुन २०७८, १७ : ४७
सोमबार, १६ फागुन २०७८

पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत्र १७ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक उपस्थितिमा हुन लागेको महोत्सव गत वर्ष भने कोरोना भाइरसका कारण भर्चुअल माध्यमबाट गरिएको थियो । 

यस महोत्सवमा ३८ देशका ८९ चलचित्रहरूबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, लामा छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरूको ७ वटा विधाको प्रतिस्पर्धामा १४ वटा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । चलचित्र महोत्सवबारे आयोजना गरिएको कार्यक्रममा बोल्दै अभिनेता निर शाहले पहिलो संस्करण भन्दा चलचित्र महोत्सव अहिले परिष्कृत भएर आइरहेको बताए । उनले यस महोत्सवले नेपाली चलचित्रको क्षेत्रलाई थप योगदान दिएको बताए ।  

अभिनेता शाहले भने, ‘यो निफलाई मैले पहिलो संस्करणकोदेखि नै नियालेर आइरहेको छु । पहिलो संस्करणमा यसले धेरै संघर्ष गर्नुपरेको थियो । तर दोस्रो संस्करणमा आइपुग्दा यसले आफूलाई अझ बढी परिष्कृत फम्र्याटमा प्रस्तुत गर्न सफल भयो । यसले हामीलाई धेरै शिक्षित र दिक्षित बनाएको छ । यो अभियानलाई अझै अघि बढाएर लैजानु पर्छ ।’

यसपटक चलचित्र हलमा भौतिक रुपमा प्रदर्शन हुने र अनलाइन माध्यमबाट पनि प्रदर्शन हुनेछ । यो महोत्सवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सशक्त फिल्म उत्सव हुने आयोजकको विश्वास छ । महोत्सवमा अनुभवी र प्रसिद्ध फिल्मकर्मीहरुको सहभागितामा विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफलका कार्यक्रम पनि आयोजना गरिनेछ । नेपाल अन्तर्राष्‍ट्रिय चलचित्र महोत्सवको आयोजनामा हुन लागेको यो महोत्सव पाचौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप