मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पशुपतिमा यस्तो देखियो बाबाहरूको चहलपहल (फोटोफिचर)

सोमबार, १६ फागुन २०७८, २१ : २४
सोमबार, १६ फागुन २०७८

काठमाडौँस्थित पशुपतिको मन्दिर परिसर साधु–सन्त र बाबाहरूको चहलपहल बढेको छ। शिवरात्रिका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरु आउने गर्दछन् । यसरी आउने साधुसन्तलाई शिवरात्रि सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने प्रचलन छ । 

बागमतीदेखि पारिपट्टी किनारमा साधु सन्तका अनेक क्रियाकलाप र खरानी घसेको जटाधारी रूप हेर्न बागमती पारिपट्टी युवाहरूको घुइँचो लागेको छ । ​शिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा भारतका विभिन्न स्थानबाटसमेत भक्तजनहरू आउने गर्दछन् ।  भक्तजनहरूले रातभर जाग्राम बसेर हिन्दुहरूले भगवान् शिवको पूजा आराधना गरिरहेका छन् । लाखौँको सङ्ख्यामा आउने भक्तजनहरूको व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषले विशेष तयारी गरेको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप