आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

६०० रुपैयाँले घट्यो सुनको मूल्य

मङ्गलबार, १७ फागुन २०७८, ११ : ०८
मङ्गलबार, १७ फागुन २०७८

मंगलबार नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । अघिल्लो तोलामा १६ सय रुपैयाँले बढ्दै ९८ हजार २०० रुपैयाँ पुगेको सुनको मूल्य मंगलबार ६०० रुपैयाँले घट्दै ९७ हजार ६०० रुपैयाँमा झरेको हो ।
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ६०० रुपैयाँले नै घट्दै ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले मात्र घट्दै आज एक हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो चाँदी प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप