सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विश्वमै सबैभन्दा छिटो चार्ज हुने चार्जर लन्च

मङ्गलबार, १७ फागुन २०७८, १२ : ००
मङ्गलबार, १७ फागुन २०७८

रियलमीले मोबाइल वल्र्ड कांग्रेस २०२२ मा रियलमी १५० बाट अल्ट्राडार्ट चार्जिङ प्रविधि प्रस्तुत गरेको छ । रियलमीले यस उत्सवमा रियलमी जीटी २ प्रस्तुत गरेको छ । यो उत्सवमा रियलमीले रियलमी जीटी नियो ३ को लन्चिङको घोषणा गरेको छ । १५० वाटको चार्जिङलाई लिएर रियलमीले ५ मिनेटमै फोनको ब्याट्री ५० प्रतिशतसम्म चार्ज हुने दाबी गरेको छ । यो चार्जरमा तीन प्रविधिको प्रयोग भएको छ, जसमा मल्टी बुस्टर चार्जिङपम्प, ट्रेम्परेचर म्यानेजमेन्ट एल्गोरिद्यम र नयाँ लिथियम ब्याट्री समावेश छन् ।

आफ्नो यो चार्जरलाई लिएर रियलमीले ब्याट्रीको तापक्रमलाई ४३ डिग्री भन्दा कम राख्दै केवल ५ मिनेटमा ५० प्रतिशत ब्याट्री चार्ज हुने दाबी गरेको छ । रियलमीको यो अल्ट्राडार्टको चार्जिङलाई लिएर १०० देखि २०० बाट चार्जिङ पावरलाई सपोर्ट गर्ने विश्वकै पहिलो यस किसिमको चार्जिङ प्रविधि भएको दाबी गरिएको छ ।​ 

रियलमीले आफ्नो यस चार्जिङ प्रविधिको नमुना एमडब्लूसी २०२२ मा प्रदर्शन गरेको थियो । यद्यपि कम्पनीले रियलमी जीटी नियो–३ १५० वाटको चार्जिङका साथ उपलव्धताको बारेमा  कुनै जानकारी दिएको छैन । वन प्लसले यो वर्षको अन्त्यसम्ममा १५० वाटको चार्जिङसाथै आफ्नो फोन लन्च गर्ने अपेक्षा गरिएको छ ।

रियलमीको यो प्रतिस्पर्धा शाओमी ११ आई हाइपर चार्ज फाइभ–जीसँग हुनेछ । जसको साथमा १२० वाटको तीव्र चार्जिङको सपोर्ट हुने छ । शाओमीका यो चार्जरबाट केवल १७ मिनेटमा ब्याट्री फुल हुने दाबी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप