मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

महाशिवरात्रिमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

बुधबार, १८ फागुन २०७८, ०७ : १५
बुधबार, १८ फागुन २०७८

महाशिवरात्रिको अवसर पारेर काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले मंगलबार काठमाडौँको पशुपति मन्दिर क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिवरात्रिको अवसरमा आउने भक्तजनहरूलाई लक्षित गर्दै केएमसीले पाशुपत क्षेत्रमै टेन्ट टाँगेर शिविर सञ्चालन गरेको हो ।

पशुपति क्षेत्रमा आएका सयौँ भक्तजनले शिविरबाट निःशुल्क स्वास्थ्य उपचार सेवा पाएका छन् । भक्तजनहरू व्रतका लागि खाली पेट भएकाले उनीहरूमा रिगंटा लाग्ने, टाउको दुख्ने र रक्तचापको समस्या बढी पाइएको चिकित्सकहरूले बताएका छन् । दिनभर सञ्चालन भएको शिविरमा ७९३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा ११६ जनाको रक्त परीक्षण र ९५ जनाको इसीजी पनि गरिएको छ । बिरामीहरूको स्वास्थ्य परीक्षण गरेर केएमसीले औषधि पनि निःशुल्क वितरण गरेको छ । स्वास्थ्य परीक्षणका लागि १५ जना डाक्टरहरूको टोली शिविरमा खटिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप