बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

साहित्यकार बीके पाल्पालीको निधन

बुधबार, १८ फागुन २०७८, ११ : १५
बुधबार, १८ फागुन २०७८

साहित्यकार बीके पाल्पाली (विजय पोख्रेल) को निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित पाल्पालीको मङ्गलबार राति ११ः२० बजे निधन भएको नेपाल प्रज्ञा प्रतिष्ठानका सचिव प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’ले जनाएका छन् । 

पेरोल साहित्य प्रतिष्ठानका अध्यक्षसमेत रहेका पाल्पाली कानुन र पत्रकारिता पेसा अँगाल्दै आएका थिए । उपन्यास, कथा, कविता, हाइकु, समालोचना क्षेत्रमा कलम चलाउँदै अएका पाल्पालीका विभिन्न विधाका नौवटा कृति प्रकाशित छन् । पाल्पाली ‘नेपाल बोर्डर’ मासिक पत्रिकाका सम्पादक एवं प्रकाशक समेत हुन् । विसं २०३२ असोजमा पाल्पामा जन्मिएका पाल्पालीका  जीवनसाथी साहित्यकार रेणुका भट्टराई, एक छोरा एक छोरी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप