आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विदेशी मुद्रासहित नेपाली नागरिक पक्राउ

बुधबार, १८ फागुन २०७८, १७ : ४३
बुधबार, १८ फागुन २०७८

प्रहरीले विदेशी मुद्रासहित नेपाली नागरिकलाई पक्राउ गरेको छ । सिंगापुर हुँदै जापान जान लागेका स्याङ्जाका राज भट्टराईलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उनको साथबाट जापानी ऐन १५ लाख ९० हजार पनि बरामद गरिएको छ । उनले उक्त रुपैयाँ अवैध रुपमा नेपालबाट जापान लगिरहेको अनुसन्धानबाट खुलेको प्रहरीले  जनाएको छ ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभागमा बुझाइएको प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप