सुनको भाउ ५ सय रुपैयाँले घट्यो
बिहीबार, १९ फागुन २०७८, ११ : १०
नेपाली बजारमा बिहीबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । बुधबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ८० रुपैयाँ निर्धारण भएको छ ।