मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

खुट्टामा निलो नसा देखिनु खतरनाक

बिहीबार, १९ फागुन २०७८, ११ : १७
बिहीबार, १९ फागुन २०७८

पछिल्लो समय हातमा नसा देखाउन कसरत गर्नेहरुको भिड बढ्दै गएको छ । छालालाई पातलो बनाएर हातमा नसाका रेसाहरु देखाउनुलाई फेशनको रुपमा लिने गरिन्छ । शरीरको हात, छाती, खुट्टा र ढाडमा पनि नसाहरु देखिन्छन् । तर, कतिपयको शरीरका अंगहरुमा भने असामान्य तरिकाले नसा देखिन्छ । केही व्यक्तिहरुको गोडाका नसाहरु निलो देखिन्छ । त्यसलाई सामान्य रुपमा लिन हुँदैन । रोगको संकेत पनि हुन सक्ने चिकित्सकहरु बताउँछन् । निलो नसालाई भ्यारिकोज भेन्स भनिन्छ । गोडामा देखिने यस्ता नसालाई मानिसहरु बेवास्ता गर्ने गर्छन्  । तर, यो समस्याले विस्तारै समस्याहरु पैदा गर्ने चिकित्सक बताउँछन् । 

भ्यारिकोज भेन्स मुख्यतः हात, खुट्टा आदिमा देखिन्छ । यस्ता नसाहरु सुन्निएको हुन्छ । जुन गहिरो बैजनी रङ र निलो हुन्छ । यो माथि उठेको देखिन्छ । नसाको आसपास स्पाइडर भेन्स पनि हुन्छ । उक्त नसाहरु रातो र बजनी रङको देखिन्छ । भने त्यो निकै पातलो पनि हुन्छ । 

भ्यारिकोज भेन्सलाई स्पाइडर भेन्सले चारैतिरबाट घेरेको हुन्छ । त्यसमा दुखाईसँगै चिलाउने समस्या पनि हुन्छ । भ्यारिकोज नसा धेरै व्यक्तिहरुका लागि खतरनाक हुन्छ । यसले गम्भीर समस्या पनि पैदा गर्न सक्छ । नसाको भित्ताहरु कमजोर हुँदा भ्यारिकोज भेन्सहरु देखिने गर्छन् । रक्तचाप बढ्दा नसामा दबाब बढ्छ र चौडा हुन थाल्छ । जति नसा तन्किन थाल्छ उति नै रगत प्रवाह गर्ने धमनीले राम्रोसँग काम गर्न सक्दैन । यसपछि नसामा रगत जम्मा हुन थाल्छ । र, सुन्निन थाल्छ । जुन छालाको सतहभन्दा निकै माथि उठेको देखिन्छ । नसाको भित्ता कमजोर हुने कारणहरु धेरै छन् । 
–हर्मोनको सन्तुलन बिग्रिनु
–उमेर बढ्दै जानु
–तौल बढ्नु
–लामो समयसम्म उभिनु
–नसामा दबाब पर्नु 

भ्यारिकोज भेन्सको लक्षणहरु 
विशेषज्ञका अनुसार भ्यारिकोज भेन्स जो कोहीमा पनि देखिन सक्छ । यसलाई सामान्य रुपमा लिन सकिन्छ । यो समस्या एक तिहाई युवाहरुमा देखिन्छ । भ्यारिकोज भेन्सको पहिचान गर्नका लागि यसका लक्षणहरुलाई बुझ्न आवश्यक छ । 
सुन्निएको नसा
निलो र बैजनी रङको नसा, सुन्निएर माथि उठेको नसा भ्यारिकोज भेन्सको मुख्य लक्षण हो । 
चिलाउनु
गोडाका वरिपरिका नसाहरु चिलाउनु पनि भेरिकोज भेन्सको लक्षण हो । 
मोटो गोडा 
यदि गोडा वरिपरि नसा सुन्निएको छ । शारीरिक कसरत गर्दा समस्या भइरहेको छ । र नसाहरु निलो देखिएको छ भने भेरिकोजको लक्षण हुनसक्छ । 
 दुखाई
यदि कसैको गोडामा दुखाई, गोडामा दुखाई हुनु पनि यसको लक्षण हो । 

भ्यारिकोज नसाको खतरा 
भ्यारिकोज भेन्स धेरै व्यक्तिहरुका लागि खतरनाक हुन्छ । केहीका लागि यो गम्भीर समस्या पनि हुन सक्छ । यस्तो समस्याको उपचार गराइएन भने अल्सर, रगत बग्ने कारण पनि बन्न सक्छ । त्यसैगरी, यो समस्याले मुटुले रगत पम्प गर्ने क्षमतामा समेत प्रभाव पार्न सक्छ । यसका साथै, जो व्यक्तिमा यो समस्या छ, उनीहरुको शरीरमा रगत जम्ने समस्या पनि आउँछ । जुन शरीरका लागि निकै खतरनाक हुन सक्छ । यसले मुटुसम्बन्धी समस्या निम्त्याउँछ । भने, कुनै समस्याले रक्तचाप उच्च बनाउँछ । यसले गर्दा छालामा पनि घाउ बनाउँछ । त्यसैले यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिन आवश्यक छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप