आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

करण जोहर एकपटक पुनः तीन नयाँ स्टारकिडलाई लञ्च गर्दैछन्, नातावाद भन्दै परे निशानामा

बिहीबार, १९ फागुन २०७८, ११ : २६
बिहीबार, १९ फागुन २०७८

करण जोहर बलिउडका चर्चित निर्मातामध्ये एक हुन् । उनले अहिलेसम्म थुप्रै हिट फिल्म दिइसकेका छन् । यसका साथै उनले थुप्रै नयाँ अनुहारमा इन्डष्ट्रिमा लञ्च पनि गरेका छन् । करणले स्टार किड्सलाई लञ्च गर्छन् भन्ने ट्याग सदा पाइरहेका हुन्छन् । यसका लागि उनी कंगना रनौतको निशानमा पनि परे । तरपनि करण जहोर एकपटक पुनः स्टारकिड्स लञ्च गर्ने तयारीमा छन् । यसको जानकारी उनी आफैंले सोसल मिडियामा दिएका छन् । करण जोहरको यो घोषणा पछि कतिले विभिन्न कयास लगाउन सुरु गरिसकेको छन् र कतिले त उनीहरुलाई ट्रोल गर्न सुरु गरेका छन् ।


३ मार्चमा करण जोहरको धर्मा प्रोडक्सन आफ्नो नयाँ फिल्म घोषणा गर्दैछन् । यो फिल्मार्फत् तीन नयाँ अनुहारलाई पनि बलिउडमा पनि लञ्च गरिनेछ । करणले आफ्नो इन्स्टाग्राममा एउटा भिडियो सेयर गरेका छन् । भिडियोमा आलिया भट्ट, जान्ह्वी कपुर, इशान खट्टर, अनन्या पाण्डे, तारा सुतारिया र सिद्धार्थ मल्होत्राका फिल्मी दृश्य पनि समावेश गरिएका छन् । ब्याकग्राउन्डमा स्टुडेन्ट अफ द इयर–२ को गीत पनि बजिरहेको छ । यो भिडियोको अन्तिममा लेखिएको छ, ‘भोलि हुनेछ ठूलो घोषणा ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Karan Johar (@karanjohar)

यो भिडियोसँगै करण जोहरले क्याप्सनमा लेखे, ‘यो पीढि पहिलाको जस्तै प्रतिभाशाली छन् र अब हामी यसमा समावेश हुने बेला आएको छ । हामी धर्मामुभिजमा कहानी सुनाउने हाम्रो परिवारमा तीन नयाँ सदस्य समावेश गरेर हामी निकै खुसी छौँ । एउटा नयाँ फिल्म र कलाकारको घोषणा भोलि बिहान १० बजे तपाईंसम्म पुग्नेछ ।’

सनाया कपुर, खुसी कपुर, इब्राहिम अली खान कसले पाउनेछन् मौका

यो घोषणापछि करणका प्रशंसकले नामबारे अनुमान गर्न थालेका छन् । सनाया कपुर, खुसी कपुर, आर्यन खान, इब्राहिम अली खानको नाममाथि कयास लगाइरहेका छन् । यस्तै, कतिले उनलाई ट्रोल गर्न सुरु गरेका छन् । नोपोटिजमको विषयमा प्रयोगकर्ताले उनीमाथि अट्याक गरिरहेका छन् । यस्तै, इशान खट्टर, जान्ह्वी कपुरको नाम लिएर ‘के यो ट्यालेन्ट हो’ भनेर प्रश्न सोधिरहेका छन् । यस्तै एक प्रयोगकर्ताले लेखे, ‘आलिया भट्टबाहेक अरु कोही पनि क्षमतावान् छैनन् । नेपोटिजमको पसल ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप