बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

दिलदार र जिनत सम्मानित

बिहीबार, १९ फागुन २०७८, ११ : ३०
बिहीबार, १९ फागुन २०७८

भारतीय सायरद्वय दिलदार देहलवी र कमला सिंह जिनतलाई सम्मान गरिएको छ । नेपाल–भारत साहित्य महोत्सवअन्तर्गत उर्दु एकेडेमी नेपालको आयोजनामा बुधबार थाहा पुस्तकालयको प्राङ्गण नयाँ बानेश्वरमा आयोजित उक्त कार्यक्रममा अरूण सुमार्गीले जिनतलाई र भारतीय दूतावासका प्रतिनिधि सत्येन्द्र दहियाले दिलदारलाई उक्त सम्मानपत्र प्रदान गरेको अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिए । 
कार्यक्रममा उद्योगपति एवं समाजसेवी अजेय सुमार्गीले साहित्यको माध्यमबाट सबै भाषा जोडिएको धारणा राखेका थिए । उनले नेपाल, भारत र पाकिस्तानको संयुक्त पहलमा उर्दु साहित्यको विकास र विस्तार गर्नुपर्ने कुरामा जोड दिए । 
कार्यक्रममा नेपाल भारत साहित्य महोत्सव २०७८ का अध्यक्ष राधेश्याम लेकालीले यस्ता कार्यक्रमका माध्यमबाट साहित्यको आदान, प्रदान र अनुवाद कार्यलाई अघि बढाउन  महत्त्वपूर्ण योगदान पुग्ने विचार व्यक्त गरे । 
सो कार्यक्रममा उद्योगपति एवं साहित्यकार अरूण सुमार्गीले भाषा र साहित्यको विकासका लागि हजुरबुबा कलानाथ अधिकारीलगायत परिवारका अन्य सदस्यहरूले देखाएको बाटोमा नै सुमार्गी परिवार लागिपरेको बताए । 
यसैगरी गीतकार अस्मिता सुमार्गीले थाहा पुस्तकालयमा उर्दु सायरहरूलाई सम्मान गर्न पाउनु महत्त्वपूर्ण अवसर भएको बताइन् ।  

उर्दु एकेडेमीका अध्यक्ष इम्तियाज वफाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कविहरू नरेन्द्रबहादुर श्रेष्ठ, प्रमोद प्रधान, अस्मिता सुमार्गी, अरूण सुमार्गी, मुरारी सिग्देल, मञ्जिला अनिल, किशोर विश्वकर्मा, रेखा यादव, डा. श्वेता दीप्ति, पारू तिमिल्सिना, डा. साकिब हारनी, सैयद खालिद मोहसिन, फुर्कान फैजी, शिव अधिकारी, निर्मलरमण पराजुली, रेणु अधिकारी मौनता, मनिला वन्त, पवनकुमार बुढाथोकीलगायतले नेपाली, हिन्दी, उर्दु र अङ्ग्रेजी भाषाका कविता, गीत र गजल वाचन गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप