मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘मल्टीस्पेसियाल्टी क्लिनिक’ सञ्चालन हुँदै

बिहीबार, १९ फागुन २०७८, १५ : ०१
बिहीबार, १९ फागुन २०७८

नेपाल ल्याब हाउसले अत्याधुनिक उपकरण सहितको ‘मल्टीस्पेसियाल्टी क्लिनिक’ सञ्चालनमा ल्याउने भएको छ । गौशालाको केन्द्रमा अवस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) बाट मान्यता प्राप्त प्रयोगशाला यहि फागुन २२ बाट सञ्चालनमा आउने भएको हो ।  
यस क्लिनिकले मुटु रोग, मधुमेह, थाइराइड, स्त्री तथा प्रसुती तथा निःसन्तान सेवा, वैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य परिक्षण, होम सर्भिस लगायतका सेवाहरु उपलब्ध गराउने भएको छ । साथै, फार्मेशी सेवा, कुशल स्वस्थ्य स्याहार कर्मचारीमार्फत घर तथा सामुदायिक चिकित्सा स्याहार पनि उपलब्ध गराउने भएको छ । त्यस्तै, तालिम प्राप्त बिरामी रुङालो सेवा, घरदैलो नमुना सङ्कलन, प्रयोगशाला प्रतिवेदन प्रवहन र पोषण आहारको आपूर्ति लगायत सेवाहरु उपलब्ध गराउने अस्पतालले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप