आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आमाको दबाबमा गोबिन्दाले तोडेका थिए निलमसँग सम्बन्ध, नायिकाले विवाह टुटेपछि दोस्रो पटक बसाएकी थिइन् घर

बिहीबार, १९ फागुन २०७८, १५ : ४५
बिहीबार, १९ फागुन २०७८

बलिउड नायिका निलम आज आफ्नो ५२ औँ जन्मदिन मनाइरहेकी छिन् । उनको पहिलो फिल्म इल्जाम सन् १९८६ मा रिलिज भएको थियो । यो फिल्ममा गोबिन्दाको जोडी नायिका निलमसँग देखिएको थियो । यी दुईको जोडी सुपरहिट साबित भएको थियो र उनीहरुले त्यसपछि थुप्रै फिल्ममा काम गरेका थिए । गोबिन्दा र निलमले १४ वटा फिल्ममा सँगै काम गरेका थिए । यी दुईले सँगै ‘घराना’, ‘खुदगर्ज’, ‘सिन्दुर’, ‘हत्या’, ‘लभ ८६’, ‘दो कैदी’, ‘इल्जाम’, ‘फर्जकी जंग’, बिल्लू बादशाह’, ‘ताकतवर’, ‘घर मे राम गली मे श्याम’, ‘दोस्त गरिबों का’ जस्ता शानदार फिल्ममा अभिनय गरेका थिए ।

गोबिन्दालाई निलम मनपर्योः

फिल्ममा सँगै काम गर्दागर्दै गोबिन्दाको नायिका निलमसँग प्रेम बसेको बताइन्छ । मिडिया रिपोर्टका अनुसार गोबिन्दा निलमसँग विवाह गर्न चाहन्थे । निलमसँगको प्रेममा गोबिन्दाले एक पटक सुनितासँग आफ्नो इन्गेजमेन्ट पनि तोडेका थिए । यद्यपि, गोबिन्दाकी आमाले आफ्नो छोराले निर्देशक आनन्द सिंहकी साली अर्थात् सुनिता (हालमा गोबिन्दाकी श्रीमती) सँग विवाह गरुन् भन्ने चाहना राखेकी थिइन् । गोबिन्दाले कहिल्यै आफ्नी आमाको कुरा काट्दैनथे त्यसैले उनले निलमलाई छोडेर सुनितासँग विवाह गरे ।

लुकाएका थिए विवाहको कुराः

गोबिन्दाले आमाको चाहनामा मार्च सन् १९८७ मा सुनितासँग विवाह गरे । उनले आफ्नो विवाहको कुरा सबैसँग लुकाएर राखेका थिए । आफ्नो करियर प्रभावित नहोस् भनेर उनले यस्तो गरेका थिए । गोबिन्दाको विवाहको कुरा छोरी टिना (नर्मदा) जन्मिएका बेला भएको थियो । रिपोर्टका अनुसार गोबिन्दाले सन् १९९० मा एक म्यागजिनलाई दिएको अन्तरवार्तामा आफ्नो विवाहपश्चात् पनि आफूले निलमलाई बिर्सन नसकेको बताएका थिए । गोबिन्दाले निलमले आफूसँग मात्रै स्क्रिन सेयर गरोस् भन्ने चाहना राख्दथे ।

उता गोबिन्दाको विवाहको निकै वर्षपछि निलमले एक व्यापारी ऋषि सेठियासँग विवाह गरे तर उनीहरुले छिट्टै सम्बन्धविच्छेद भएको थियो । नायिकाले सन् २०११ मा नायक सोनीसँग दोस्रो विवाह गरेकी छिन् । यी दुईले एक छोरीलाई धर्मपुत्री बनाएका छन् । निलमले सन् २००१ मा आफ्नो एक्टिङ करियरलाई अलविदा भनेकी थिइन् । तर सन् २०२० मा उनले नेटफ्लिक्सको रियालिटी सिरिज ‘फ्याबुलस लाइभ्स अफ बलिउड वाइभ्स’ मार्फत् अभिनय दुनियाँमा फिर्ति गरेकी छिन् ।

पहिलो भेटमा नै निलमलाई मन पराएका थिए समिरलेः

समिरले २४ जनवरी सन् २०११ मा बलिउड नायिका निलम कोठारीसँग विवाह गरेका थिए । निलम र समिरको पहिलो भेट एक नाटकका बेला एकता कपुरले गराएकी थिइन् । निलम र एकता निकै मिल्ने साथी थिए । निलमको पहिलो विवाह टुटिसकेको थियो । नाटक समाप्त भएपछि निलमले समिरको तारिफ गरिन् तर स्वभावले निकै लजालु समिरले उनलाई केही जवाफ नदिइकनै त्यहाँबाट निस्किए । समिरले एक झलकमा नै निलमलाई मन पराउन थालिसकेका थिए । एक वर्षपछि समिरले निलमलाई तुषार कपुरको पार्टीमा भेट्ने अवसर पाए । त्यहाँ समिरले निलमसँग १५ सेकेन्ड मात्रै कुरा गरे र त्यसपछि फोन गर्छु भनेर निस्किए । तर समिरसँग न त निलमको नम्बर थियो न नै हिम्मत ।

साथीसँग निलमको नम्बर मागेः

समिरले निलमसँग कुरा गर्नका लागि एकजना साथीसँग नम्बर लिए । तर निलमले उनको फोन उठाइनन् । समिरलाई लाग्यो कि निलम निकै घमण्डी छिन् । समिरले उनलाई मेसेजमा ‘के तपाईं पुनः फोन गर्ने कुरामा विश्वास राख्नुहुन्नँ ? भनेर लेखे । त्यसपछि निलमले उनलाई फोन गरिन् र दुईबीच कुराकानीको सिलसिला जारी रह्यो ।

एक–अर्काबारे बुझेपछि दुईजना सम्बन्धमा  आए । विवाह अघि दुईजनाको १० पटक ब्रेकअप भएको पनि यी दुईले एकपटक खुलासा गरेका थिए । तर उनीहरुका अनुसार हरेक पटक दुबैले समझदारीले एक अर्कालाई माफ गरे, भ्रम चिर्थे । यी दुई आज निकै खुसीयाली जीवन बिताइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप