आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चितवन काँग्रेसको मतदान सुरु, सभापतिमा पाँच जनाको प्रतिस्पर्धा

शुक्रबार, २० फागुन २०७८, १० : ४२
शुक्रबार, २० फागुन २०७८

नेपाली काँग्रेस चितवनको १४औँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि आज शुक्रबार बिहानबाट मतदान सुरु भएको छ । नारायणगढको नारायणीकला मन्दिरमा भर्खरै मतदान सुरु भएको हो । सभापतिमा पाँच जना प्रतिस्पर्धामा छन् । काँग्रेस सभापति शेरबहादुर देउवा पक्षका मिलनबाबु श्रेष्ठ र संस्थापन इतरका चार जनाले जिल्ला सभापतिमा उम्मेदवारी दिएका छन् ।

संस्थापन इतरमा उत्तम जोशी, राजेश्वर खनाल, डा सूर्यकान्त घिमिरे र कैलाश कोइराला छन् । जोशी वर्तमान जिल्ला कार्यसमितिका सचिव हुन् । सभापतिका लागि उम्मेदवारले ५० प्रतिशत भन्दाबढी मत ल्याउन सकेनन् भने दोस्रो चरणको मतदान हुनेछ ।

दुई जना उपसभापतिका लागि १५ जनाले उम्मेदवारी दिएका छन् । शालिक शर्मा पौडेल, सुरवीर पोखरेल, उद्धव लोहनी, महेश बानियाँ, हेमलाल भट्टराई, राजेन्द्र डोटेल, रघुनाथ भट्ट, भुवन खनाल, मोहितजंग पाण्डे, निलमणि पाठक, तेजप्रसाद अधिकारी, राजन गौतम, बुद्धिबहादुर गुरुङ, निर्मलकुमार श्रेष्ठ र राजीव न्यौपानेले उम्मेदवारी दिएका छन् ।

दुई सचिवका लागि आठ जना र दुई सहसचिवका लागि १० जनाले उम्मेदारी दिएका छन् । ४१ कार्यसमिति सदस्यका लागि १२२ जनाले उम्मेदवारी दिएका छन् । महासमिति सदस्यतर्फ ३२ पदमा ३६ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन समितिका संयोजक अधिवक्ता ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । 

कार्यसमिति सदस्यमा प्रत्यक्ष पालिकातर्फ महिला सदस्यमा माडीकी शुक्रमिया महतो र समानुपातिकतर्फ आदीवासी जनजाति महिला सदस्यमा मिना कुमारी गुरुङ, राममाया गुरुङ र राममाया पिया र थारु खुलातर्फ विश्राम महतो निर्विरोध निर्वाचित भएका उनले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप