आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलाको ९९ हजार ९०० रुपैयाँ

शुक्रबार, २० फागुन २०७८, १० : ५६
शुक्रबार, २० फागुन २०७८

सुनको साताको अन्तिम दिन शुक्रबार प्रतितोलामा  ९०० रुपैयाँका दरले बढेको छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो । 
 
यसैगरी शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ४०० निर्धारण भएको छ ।  चाँदीको मुल्य भने स्थिर छ । बिहीबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप