आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टाटा मोटर्सको धमाका योजनाको म्याद थप

आइतबार, २२ फागुन २०७८, ११ : ३७
आइतबार, २२ फागुन २०७८

टाटा मोटर्सको धमाका योजनाको म्याद थप गरिएको छ । सिप्रदी ट्रेडिङ्गले कमर्सियलले ल्याएको यस योजना अन्तर्गत ग्राहकहरुले विभिन्न सुविधाहरु प्राप्त गरेको कम्पनीले जनाएको छ ।

माघ १८ गते देखि लागू भएको यो योजना फागुन १६ गते सम्मका लागि सार्वजनिक गरिएको थियो । तथापि, ग्राहकहरुको उच्च सहभागिता र मागलाई मध्यनजर गर्दै यस योजनालाई चैत १७ गते सम्मका लागि थप गरिएको सिप्रदी ट्रेडिङका सिनियर जिएम अनुपमणि ढकालले बताएका छन् ।

टाटा मोटर्सको धमाका अन्तर्गत यी अफरहरु प्राप्त गर्न सकिन्छ ।
    – नगद खरिदमा विशेष छुट
    – क्यास ब्याक अफर
    – नगद खरिदमा विशेष छुट सहित एएमसीको सुविधा
    – नगद खरिदमा ३ सरल किस्ताको सुविधा
    – आकर्षक अफर सहित एक्सचेन्ज को सुविधा
    – ३ एमइआइ सम्म छुटको सुविधा
    – पुरानो टिपरको स्क्रयाप ल्याएर नयाँ गाडी खरिद गर्दा ३ लाख सम्मको छुट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप