आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाँके काँग्रेसको सभापतिमा दोस्रो राउन्डमा  शेखर समूहका गौडेल निर्वाचित

शुक्रबार, २० फागुन २०७८, १७ : ५९
शुक्रबार, २० फागुन २०७८

नेपाली काँग्रेस बाँकेको सभापतिमा नारायणप्रसाद गौडेल निर्वाचित भएका छन् ।  आज दोस्रो राउन्डको मतदानमा संस्थापन पक्षका उम्मेदवार बादसाह कुर्मीलाई पराजित गर्दै संस्थापन इतर समूहका गौडेल सभापतिमा निर्वाचित भएका हुन् ।  पराजित कुर्मी संविधान सभा सदस्यसमेत रहेका हुन् ।

निर्वाचन समितिका अनुसार  गौडेलले ७ सय ६० मत  ल्याएका छन् भने कुर्मीले ६ सय ६३ मत ल्याए । पहिलो चरणको निर्वाचनमा तेस्रो भएका संस्थापन पक्षका उम्मेदवार सुरेन्द्र हमालले दोस्रो चरणमा कोइराला समूहका गौडेललाई समर्थन गरेका थिए । हमाल लुम्बिनी प्रदेश सरकारमा बन्न मन्त्री समेत रहेका छन् ।

आएको १४ औं जिल्ला अधिवेशन अन्तर्गत बाँकेको सभापतिका  लागि  सुरुमा चार जनाले उम्मेदवारी दिएका थिए । इतर समूहबाट नारायणप्रसाद गौडेल र संस्थापन समूहबाट सुरेन्द्रबहादुर हमाल, बादशाह कुर्मी र सुनिल नरसिंह राणाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएकोमा राणाले  अन्तिम  समय फिर्ता लिएका थिए भने हिजो भएको मतदानबाट सुरेन्द्र पनि आउट भएका  थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप