युथ इन्नोभेसन ल्याबले जलवायु परिवर्तनका क्षेत्रमा युवा परिचालन गर्ने
शुक्रबार, २० फागुन २०७८, २१ : ५१
युथ इन्नोभेसन ल्याबले वातावरण तथा जलवायु अनुकुल विकासमा नेपाली युवा परियोजना संचालन गर्ने भएको छ । युथ इन्नोभेसन ल्याबले मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा वातावरण तथा जलवायु अनुकुल विकासमा नेपाली युवा परियोजना संचालन गर्ने भएको हो ।
युरोपेली युनियनको आर्थिक सहयोगमा संचालन हुने परियोजना जनवरी २०२२ देखि डिसेम्बर २०२५ सम्म वातावरण संरक्षण र जलवायु परिवर्तनका क्षेत्रमा युवा परिचालन गरिने जनाइएको छ । कोभिड-१९ को महामारीले रोजगारीको क्षत्रमा असर पारेका समयमा परियोजनाले युवाहरुलाई रोजगारीको सिर्जना गर्ने परियोजनाले बताएको छ ।
वातावरण तथा जलवायु अनुकुल विकासमा नेपाली युवा परियोजनाको सुरुवात शुक्रबारबाट भएको छ ।