बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

शैलुङ साहित्यिक सांस्कृतिक महोत्सव सुरु

शुक्रबार, २० फागुन २०७८, २२ : ५१
शुक्रबार, २० फागुन २०७८

दोलखाको शैलुङडाँडामा ‘शैलुङ साहित्यिक, सांस्कृतिक महोत्सव’ सुरु भएको छ । महोत्सवको नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । त्यस अवसरमा अध्यक्ष ओलीले नेपाल प्राकृतिक रूपमा सुन्दर र  स्रोतसाधनले भरिपूर्ण रहेको बताए ।

नेपाल भ्रमण गर्ने जो कोही पर्यटकहरूले पनि शैलुङ भ्रमण नगरेमा त्यो भ्रमण अधुरै रहने उनको भनाइ थियो । ऋषिमुनिहरूले तपस्या गर्ने नेपालकै पवित्रस्थल शैलुङ प्राकृतिक रूपमा नै सुन्दर रहेको र यसको प्राकृतिक सौन्दर्य जोगाइ राख्न दोलखा र रामेछापका जनप्रतिनिधिलाई उनले आग्रह गरे । अन्त कतै नभएको विशेषता शैलुङमा रहेको बताउँदै अध्यक्ष ओलीले शैलुङलाई विश्वमाझ परिचित गराइ पर्यटन प्रवद्र्धनमा सबैले ध्यान दिनुपर्ने बताए ।

अध्यक्ष ओलीले नेपालकै चर्चित पर्यटकीय क्षेत्र कालिन्चोकमा रहेको कालिन्चोक भगवती मन्दिरको दर्शन गरेका थिए । मदन भण्डारी कला साहित्य प्रतिष्ठान र शैलुङ गाउँपालिकाको सहआयोजनामा सञ्चालन भएको साहित्यिक महोत्सव शनिबारसम्म सञ्चालन हुनेछ । सो कार्यक्रममा देशभरका साहित्यकार तथा कलाकारहरूको सहभागिता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप