मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पाटनका ढुंगेधाराको बेहाल (फोटोफिचर)

शनिबार, २१ फागुन २०७८, १० : ०६
शनिबार, २१ फागुन २०७८

ढुंगेधारालाई काठमाडौँ उपत्यकाको पर्याय मानिन्थ्यो । केही वर्ष अघिसम्म पानी बगिरहेका ढुंगेधारा भएको स्थानमा कतै गगनचुम्बी भवन बनिसकेका छन् त कतै फोहर फाल्ने स्थानमा परिणत भएका छन् । काठमाडौँ क्षेत्रका एक दुई स्थानका बाहेक ढुंगेधारा हराइसकेका छन् । 

यता पाटनमा रहेका ढुंगेधाराहरु संरक्षणको अभावमा फोहर फाल्ने अवस्थामा पुगेका छन् । ललितपुरको दक्षिण टिकाभैरवबाट ल्याइएको राजकुलो चक्रपथ निर्माणको क्रममा पाटनतर्फ जान बन्द भएपछि स्थानीय पोखरीहरू सुक्दै जाँदा यी ढुंगेधाराहरु सुक्न थालेका छन् । बढ्दो सहरीकरणका कारण घर लगायतका संरचनाहरू बन्दै जाँदा पानी बग्ने र जमिन मुनि जाने प्राकृतिक बाटो बन्द हुँदा ढुंगेधारा सुकेको स्थानीयहरू बताउँछन् । वर्षा याममा मात्रै पानी झर्ने यी ढुंगेधाराहरु पानी बग्ने ठाउँ नपाउँदा पनि कुरूप बन्दै गएका छन् । यसैक्रममा काठमाडौँ उपत्यकाको ढुंगेधाराहरुको अवस्था खोज्ने क्रममा न्यूज एजेन्सी नेपालका फोटो पत्रकारहरूले पाटन क्षेत्रमा संकलन गरेको ढुंगेधाराहरुको तस्बिरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप