आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एकै दिन २ हजारले बढ्यो सुनको भाउ, डेढ वर्ष यताकै उच्च

आइतबार, २२ फागुन २०७८, १० : ५९
आइतबार, २२ फागुन २०७८

नेपाली बजारमा करिब डेढ वर्षपछि सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ भन्दामाथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका गत वर्ष २०७७ सालको भदौ यता पहिलोपटक सुनको मूल्य १ लाख रुपैयाँभन्दा बढी भएको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १ हजार ९०० रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख १ हजार ४०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ थियो ।

जुन, आज आइतबार तोलामा २००० रुपैयाँले बढ्दै करिब डेढ वर्षयता पहिलोपटक एक लाख रुपैयाँभन्दा माथि पुगेको हो । यसअघि, गत वर्ष २०७७ साल भदौ ३ गते सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ पुगेको थियो । त्यसयता निरन्तर घट्दै उक्त मूल्यमा पुगेको थिएन ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ छ । आज कायम भएको चाँदीको मूल्य अहिलेसम्मकै कीर्तिमानी हो । यसअघि, गत वर्ष सुनको मूल्यले उच्च कीर्तिमान कायम गर्दा पनि चाँदीले यो मूल्य भेट्टाएको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप