दमौलीमा आगलागी, काठमाडौंबाट हेलिकप्टर पठाइयो
आइतबार, २२ फागुन २०७८, १२ : ०३
तनहुँको दमौली बजारमा भीषण आगलागी भएको छ । दमौली चोकमा भीषण आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आगो नियन्त्रणका लागी काठमाडौंबाट हेलिकप्टर पठाईएको छ । जमिनबाट आगो नियन्त्रणमा लिन असम्भव भएपछि हेलिकप्टरबाट पानी हालेर आगो निभाउन सिम्रिक एयरको हेलिकप्टर दमौलीमा पठाएको गृह मन्त्रालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
यसअघि पनि ठूला आगलागी नियन्त्रण गर्न सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिन्थ्यो । बिजुली सर्ट भएर आगलागी भएको बताइएको छ ।