आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आईपीएल २०२२ को खेल तालिका सार्वजनिक, पहिलो खेलमा चेन्नई र कोलकाता भिड्ने

आइतबार, २२ फागुन २०७८, २० : ४२
आइतबार, २२ फागुन २०७८

आईपीएल २०२२ को खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको पहिलो खेल मार्च २६ मा चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच वानखेडे स्टेडियममा हुनेछ । अहिले मात्र लिग खेल हुने स्थान र मिति सार्वजनिक भएको छ । प्लेअफ र फाइनलको बारे स्पष्ट गरिएको छैन। फाइनल खेल मे २९ मा हुनेछ ।

लिग चरणका ७० खेल महाराष्ट्रमा हुनेछन् भने ५५ खेल मुम्बईमा र १५ खेल पुणेमा हुनेछन् । २० खेल मुम्बईको वानखेडे स्टेडियम र डा. डीवाई पाटिल स्टेडियममा हुनेछन् भने १५ खेल ब्रेबोर्न स्टेडियममा हुनेछन्। बाँकी १५ खेल पुणेको एमसीए इन्टरनेशनल स्टेडियममा हुनेछन् ।

आईपीएलको दुई नयाँ टोली लखनऊ सुपर जाइन्ट्स र गुजरात टाइटन्सले मार्च २८ बाट आफ्नो अभियान सुरु गर्नेछन् । यही दिन यी दुई टोलीबीचको खेल वानखेडेमै हुनेछ । यस पटक कुल १२ डबल हेडरहरू छन्। अर्थात् १२ दिनमा दुई खेल हुनेछन् । लिगको पहिलो डबल हेडर आइतबार, मार्च २७ मा खेलिनेछ। पहिलो खेल दिल्ली र मुम्बईबीच ब्रेबोर्नमा हुनेछ भने दोस्रो खेल पञ्जाब र बैंगलोरबीच डीवाई पाटिल स्टेडियममा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप