सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई पोखराको अतिथि रिसोर्टमा छुट

सोमबार, २३ फागुन २०७८, १३ : ३२
सोमबार, २३ फागुन २०७८

नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई पोखरास्थित अतिथि रिसोर्टमा २५ प्रतिशत छुट हुने भएको छ । बैंक र रिसोर्ट बीचको सम्झौताअनुसार बैंकका डेबिड कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र क्युआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकलाई छुट दिने भएको हो । आवासमा २५ प्रतिशत, पेय पदार्थमा १५ प्रतिशत र खानामा १० प्रतिशत लाग्ने शुल्कमा छुट दिने सम्झौता भएको हो ।

 उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र अतिथि रिसोर्टको तर्फबाट प्रबन्धक निर्देशक भरतराज शर्माले हस्ताक्षर गरेका थिए । साथै, कार्यक्रममा बैंकका गण्डकी प्रादेशिक कार्यालयका प्रमुख प्रतिमा श्रेष्ठ, बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रबन्धक कृष्णहरि बुढाथोकी, बैंकका कर्मचारीहरु र अतिथि रिसोर्टका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप