मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

हुन्डाईको शोरुम अब भक्तपुरमा पनि

सोमबार, २३ फागुन २०७८, १३ : ३८
सोमबार, २३ फागुन २०७८

हुण्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले आफ्नो सेवा विस्तारको क्रममा भक्तपुरको राधे–राधेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले संचालनमा ल्याएका सबै ‘स्टेट अफ द आर्ट’ शो रुमबाट ग्राहकहरुले गाडी किन्दा नयाँ अनुभव गर्ने कम्पनीले दाबी गरेको छ । भक्तपुर र आसपासका क्षेत्रमा रहेका ग्राहकहरुलाई लक्षित गरी संचालनमा ल्याएको यस शो रुममा सेल्स, सर्भिस र स्पेयर्सपाट्स सहितको थ्रीएस सेवा उपलब्ध रहेको छ । 
कम्पनीले उक्त शोरुममा लगनशील, दक्ष र अनुभवी कर्मचारीहरुले गाडि खरिद र खरिदपछिको उत्कृष्ट सेवा दिने बताएको छ । साथै, लक्ष्मी इन्टर कन्टिनेन्टलको देशभर १५ वटा शोरुम र १९ वटा सर्भिस स्टेसन रहेको छ । हुण्डाई मोटर्स विश्वको उत्कृष्ट ५ ठूलो अटोमोबाइल उत्पादक कम्पनी हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप