आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचन वैशाख ३० मै हुने प्रचण्डको निष्कर्ष

सोमबार, २३ फागुन २०७८, १३ : ३४
सोमबार, २३ फागुन २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते नै हुने बताएका छन् । अहिलेको परिस्थितिको विश्लेषण गर्दा वैशाखको स्थानीय चुनाव सर्ने अवस्था नरहेको बताए ।  यद्यपि प्रतिनिधिसभा विघटनको चर्चा चलिरहे पनि नतिजा त्यसतर्फ गइनसकेको बताए । 

यसअघि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले आइतबार स्थानीय तहको निर्वाचन सार्नेबारे छलफल भइरहेको बताएका थिए ।  प्रचण्डले संसद निरन्तर अवरोध भइरहे विघटनको विकल्पमा जान सकिने भने बताए । तर, प्रधानमन्त्री शेरबहादुर देउवा विघटनतिर जानेबारे सकारात्मक नभएको प्रचण्डको भनाइ छ ।  प्रचण्डले चुनाव वैशाख ३० मै हुने भएकाले तयारीमा होमिनुको विकल्प नभएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप