आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्डले पुरा गरे बचन, युवालाई महत्त्व

सोमबार, २३ फागुन २०७८, १५ : ४२
सोमबार, २३ फागुन २०७८

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरुलाई पार्टीमा महत्वपूर्ण स्थान दिने भनेर गरेको बचन पुरा गरेका छन् ।  अध्यक्ष प्रचण्डले गत पुसमा सम्पन्न राष्ट्रिय महाधिवेशन हलमा केन्द्रीय सदस्यको नाम घोषणा गर्दा पार्टी संगठनमा लामो योगदान गरेका युवा विद्यार्थीहरु नपरेको भन्दै युवाहरूबाट असन्तुष्टि भएको थियो ।

त्यसपछि अध्यक्ष प्रचण्डले केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका युवा विद्यार्थीलाई पार्टी केन्द्रीय समितिमा ल्याउने बताएका थिए । सोही बचनअनुसार प्रचण्डले विस्तारित केन्द्रीय समितिमा रञ्जित तामाङ, उत्तम अधिकारी, विष्णु सापकोटा, सुमन देवकोटा, रमेश मल्ल लगायतलाई समेटेका हुन् । उनीहरुलाई क्लस्टर अनुसार केन्द्रीय समितिमा सिफारिस गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप