सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कम्प्युटरमा काम गर्नु हुन्छ भने यी सर्टकट थाहा पाउनुहोस्, असाध्यै छिटो हुनेछ काम

सोमबार, २३ फागुन २०७८, १६ : ५७
सोमबार, २३ फागुन २०७८

 

हामीमध्ये धेरैजसो ल्यापटप र कम्प्युटरमा काम गर्छौँ । काम छिटो गर्नका लागि कम्प्युटर अपरिहार्य नै भइसकेको छ । तर यसमा पनि केही सर्टकट ‘कि’ बारे थाहा भयो भने काम झनै छिटो हुने गर्छ । त्यसैले आज हामीले तपाईंलाई ८ वटा सर्टकट ‘कि’ बारे जानकारी दिने प्रयास गरेका छौँ ।

Window + L

यसको सहयोगमा तपाई आफ्नो कम्प्युटरलाई लक गर्न सक्नु हुन्छ । तर यो सर्टकट केवल विन्डोजका लागि मात्रै हो । एप्पलको म्याकमा यसले काम गर्दैन ।

Ctrl + Y

कयौ पटक हामीबाट गल्ती हुन जान्छ । यस्तोमा हामी कन्ट्रोल प्लस जेड थिचेर अनडु गर्छौँ । यस्तोमा तपाईंले कन्ट्रोल प्लस वाइ थिचेर अनडुलाई रिडु गर्न सक्नु हुनेछ ।

Shift + Insert

कुनैपनि कपी भएको टेक्स्टलाई पेस्ट गर्नका लागि तपाईं कन्ट्रोल प्लस भी प्रयोग गर्नु हुन्छ । तर तपाईंले सिफ्ट प्लस इनसर्ट थिचेर पनि कपी गरिएको विषय वस्तुलाई जहाँ पनि पेस्ट गर्न सक्नु हुनेछ ।

Ctrl+Home, Ctrl+End​

कुनैपनि सामग्रीलाई सुरुवातमा जानका लागि कन्ट्रोल प्लस होम र अन्त्यमा जानका लागि  कन्ट्रोल प्लस इन्ड थिच्नु पर्छ । यसले कुनैपनि वेब पेजमा पनि काम गर्छ ।

Window + D

यी दुईलाई एक साथ थिचेर तपाईं जुनसुकै बेलामा सिधै डेस्कटपमा जान सक्नु हुने छ ।

Alt+F4

यी दुईको सहयोगबाट तपाईं कुनै पनि प्रोग्राम बन्द गर्न सक्नु हुने छ । साथै, सबै प्रोग्राम बन्द गरेपछि आफ्नो कम्प्ुटरलाई सट डाउन पनि गर्न सक्नु हुने छ ।

 

Alt +TAB​

यदि तपाईंले धेरै प्रोग्राम चलाइ राख्नु भएको छ भने र माउसलाई प्रयोग नगरिकन एक–एक ट्याब हेर्न चाहनु हुन्छ भने अल्ट प्लस ट्याब थिच्नुस । तपाईंले सबै ट्याब एक साथ हेर्न सक्नु हुनेछ । अब जुन ट्याबमा जानुछ त्यसमा आउन पनि दिन्छ ।

Ctrl+Insert

कुनै पनि सामग्री कपी गर्न हामी सामान्य रुपमा कन्ट्रोल प्लस सीको प्रयोग गर्छौ । तर कन्ट्रोल प्लस इनसर्ट थिच्नाले पनि विषय वस्तु कपी गर्न सकिन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप