सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बैंकमा पैसा थुप्रियो, अब तरलता अभावको समस्या हट्ने

सोमबार, २३ फागुन २०७८, १७ : १०
सोमबार, २३ फागुन २०७८

बैंकहरुमा तरलता (लगानी योग्य पुँजी) थुप्रिन थालेको छ । पछिल्लो हप्ता अर्थात् फागुन तेस्रो हप्ता आएर बैंकहरुमा निक्षेप ह्वातै बढ्न गएको हो । 

नेपाल बैंकर्स संघकाअनुसार पछिल्लो हप्ता अर्थात् फागुन १३ गतेदेखि २० गतेसम्म बैंकहरुको निक्षेप ११ अर्बले वृद्धि भएको छ । अघिल्लो हप्ता अर्थात् फागुन ६ गतेदेखि १३ गतेसम्म जम्मा एक अर्बले मात्र निक्षेप वृद्धि गर्दै कुल ४३ खर्ब १३ अर्ब निक्षेप संकलन गरेकामा पछिल्लो हप्ता अर्थात् फागुन १३ गतेदेखि २० गतेसम्म २७ वाणिज्य बैंकहरुले ११ अर्बले निक्षेप वृद्धि गर्दै ४३ खर्ब २४ अर्ब संकलन गर्न सफल भएका हुन् । 

यसले लामो समयदेखि समस्यामा रहेको बजारको तरलता अभावको समस्या हट्ने संकेत गरेको छ ।  यता कर्जा लगानीतर्फ अघिल्लो हप्ता अर्थात् गत फागुन ६ गतेदेखि १३ गतेसम्म ६ अर्बले वृद्धि गर्दै कुल ४१ खर्ब ६५ अर्ब लगानी गरेकामा पछिल्लो हप्ता बैंकहरुले ५ अर्बले मात्र वृद्धि गर्दै ४१ खर्ब ७० अर्ब लगानी गरेको बैंकर्स संघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप