आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

के युद्धसँगको प्रेममा छिन् पूजा ?

सोमबार, २३ फागुन २०७८, १८ : ०३
सोमबार, २३ फागुन २०७८

पल शाह प्रकरणमा पीडित नाबालिग गायिकालाई गाली गरेको कारण पछिल्लो समय सामाजिक सञ्जालको तारो बनेकी अभिनेत्री पूजा शर्मा बेलाबेलामा प्रेमका कारणले समेत चर्चामा छाउने गरेकी छन् । 

पछिल्लो समय युद्ध बानियाँसँगको उनको प्रेमको विषय मिडियामा समाचार बन्न थालेको छ । केही दिन अगाडि सामाजिक सञ्जालमा युद्ध बानियाँ सँगको तस्बिर सार्वजनिक गर्दै उनले लेखेकी छन् ‘तपाई हुनुहुन्छ ।’ पोष्टको अन्त्यमा उनले प्रेमको प्रतिक समेत राखेकी छन् । उनको पोष्टमा दुबैलाई सबैले बधाई दिइरहेका छन् ।

उनको पोष्टलाई कतिपय मिडियाले ‘पूजाले सार्वजनिक गरिन् प्रेमी’ शीर्षकका समाचार समेत बनाएका छन् । मिडियामा छाएका यस्ता समाचारमा उनी मौन छिन् । उनी र युद्धसँगका विवाह हल्ला समेत चलिरहेको छ ।  पूजा र युद्धको प्रेम र विवाह हल्लालाई फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शनले थप बल पुर्याएको छ । फिल्मको प्रदर्शनमा यी दुबै उपत्यका र उपत्यकाबाहिर एकसाथ देखिएका थिए ।

हुन त युद्ध र पूजाको प्रेमको चर्चा यो पहिलो होइन । यस अगाडि पनि कयौपटक यस्ता चर्चा भइसकेका छन् । तर, उनीहरु दुबैले खुलेर प्रेम समेत स्वीकार नगरिरहेको अवस्था हो ।  पूजाको यसअगाडि आकाश श्रेष्ठसँग प्रेमको हल्ला चल्ने गरेको थियो । युद्धसँग नाम जोडिन थालेपछि आकाश र पूजाको प्रेमका गसिफ सेलाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप