मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

साथीलाई गोली हान्ने युवक पक्राउ

सोमबार, २३ फागुन २०७८, १९ : ११
सोमबार, २३ फागुन २०७८

जनकपुरधाममा साथीलाई गोली हान्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित शिवपुर बस्ने अन्दाजी २५ वर्षीय रुपेश यादव रहेको धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

अभियुक्त यादवलाई आइतबार साँझ घटना पश्चात भारततर्फ भाग्दै गर्दा धनुषाको धनौजी गाँउपालिका वडा नम्बर ४ स्थित नेपाल–भारतको सिमावर्ती क्षेत्रबाट पक्राउ गरिएको प्रवक्ता बस्नेतले बताए । शनिवार राति कमला नगरपालिका वडा नम्बर ८ मा घर भई जनकपुरधाम वडा नम्बर १९ मा मामा घरमा बस्दै आएका १८ वर्षीय मुकेश मुखियामाथि गोली प्रहार भएको थियो । उनी गम्भिर घाइते छन् ।

प्रहरीले अनुसन्धान गर्दा गोली लागेका मुकेश मुखिया र गोली हान्ने रुपेश यादव दुवै जना मिल्ने साथी रहेको खुलेको छ । घाइते मुकेश मामाको किराना पसलमा बसिरहेको अवस्थामा अभियुक्त रुपेशले उनलाई पेस्तोल देखाउनका लागि पसलमै ल्याएका थिए । सोही पेस्तोलबाट गोली चल्दा मुखिया सख्त घाइते भएको प्रवक्ता बस्नेतले बताए । उनले दुवै जना साथी नै रहेको र दुवैबीच कुनै विवाद नरहेको भन्दै खेलाँचीका क्रममा गोली लागेको अनुसन्धानबाट खुलेको प्रहरी प्रवक्ता बस्नेतको भनाइ छ ।

गम्भिर घाइते मुकेशको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप